पाँचथर पावरको आइपिओ बिक्री खुल्यो, कसले पाउँछ आवेदन दिन ?
पाँचथर पावर कम्पनीको आइपिओ बिक्री आजबाट (सोमबार) खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि सेयर बिक्री खुला गरेको हो । कम्पनीले ९ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री खुलाएको छ ।
यसका लागि माघ १४ गतेसम्म आवेदन दिन सकिनेछ । पाँचथर जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ, फालेलुङ गाउँपालिकाका स्थानीयले यस सेयरमा आवेदन दिन पाउनेछन् ।
यो आइपिओको बिक्री प्रबन्धक सानिमा क्यापिटलले गरेको छ ।
आयोजना प्रभावित स्थानीयले पाँचथरमा रहेको कृषि विकास बैंक, सेञ्चुरी बैंक, गुडविल फाइनान्सको शाखाबाट आवेदन दिन सक्नेछन् ।
यस्तै आयोजनाको कार्यलयबाट पनि सेयर आवेदन भर्न सकिने कम्पनीले जनाएको छ । तोकिएको समयमा आवेदन नपरेको अवस्थामा माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ ।
यसको साधारण सेयरको लगानी फिर्ता हुन ८.९४ वर्ष लाग्ने कम्पनीले भनेको छ ।
यो आइपिओका लागि केयर रेटिङले ग्रेड ४ रेटिङ दिएको छ । पाँचथर पावरको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार
-
‘लन्डन टु पेरिस’को पोस्टरमा रोमान्टिक कबिर र गरिमा
-
समाजवाद निर्माणका लागि बलियो कम्युनिस्ट शक्तिको खाँचो
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन
-
जब कुलदीप यादवले कप्तान ऋषभ पन्तलाई ‘डीआरएस’ का लागि बाध्य पारे
-
कपनबाट पेस्तोल लगायतका हतियारसहित गुण्डागर्दीमा संलग्न लिम्बु पक्राउ