‘सञ्जु’का निर्देशक हिरानीमाथि यौन शोषणको आरोप, पोष्टर–ट्रेलरबाट नाम गायब
बलिउड फिल्म निर्माता–निर्देशक राजकुमार हिरानीमाथि यौन शोषणको आरोप लागेको छ । पीडित महिलाले आफूलाई हिरानीकी सहयोगी बताएकी छिन् । उनले फिल्म सञ्जु (२०१७) को सुटिङको क्रममा हिरानीसँग काम गरेको दाबी गरिन् ।
उता हिरानीले भने आरोप अस्विकार गरेका छन् । उनका वकिल आनन्द देसाईले आरोपलाई झुटो, निन्दनीय, कसैसँग प्रेरित र अपमानजनक बताएका छन् ।
मार्च–सेप्टेम्बर २०१८ मा शोषणको आरोपः
हफपोष्ट इन्डिया वेबसाइटमा लेखिएको आर्टिकलमा महिलाले आफूलाई हिरानीकी सहयोगी बताइन् । हिरानीले गत वर्ष मार्चदेखि सेप्टेम्बरका बीच एकपटकभन्दा बढी यौन शोषण गरेको आरोप लगाइन् । महिलाले नोभेम्बर ३ तारिखमा हिरानीका निकै पुराना साथी एवं सञ्जुका सह–निर्माता विधु विनोद चोपडालाई यसै सम्बन्धि एक इमेल पठाएको पनि दाबी गरिन् ।
पीडितले भनिन्, ‘९ अप्रिल २०१८ मा हिरानीले पहिलो पटक यौन विचारोत्तेजक टिप्पणी गरे । पछि आफ्नो घरमा बनेको अफिसमा शोषण गरे ।’
विधु विनोद चोपडालाई लेखेको इमेलमा पीडितले लेखिन्, ‘सर, यो गलत हो । तपाईं निकै शक्तिशाली हुनुहुन्छ र तपाईंको सहयोगी भएको नाताले म केही पनि होइन । म तपाईंसामू आफूलाई व्यक्त गर्न सक्दिनँ ।’
इमेलमा लेखिएको कुरा उद्धृत गर्दै हफपोष्ट इन्डियाले लेखेको छ, ‘हिरानी मेरा लागि बुवा समान थिए । त्यो रात र त्यसपछिको ६ महिना मेरो दिमाग, शरिर र मन एकोहोरो भएको थियो ।’
चोपडाकी श्रीमती एवं फिल्म समीक्षक अनुपमा, ‘सञ्जु’ का लेखक अभिजात जोशी र विधु विनोद चोपडाकी बहिनी शैलीलाई पनि इमेल पठाइएको पीडितले जानकारी दिइन् ।
मसँग विकल्प थिएनँः
पीडितले भनिन्, ‘त्यसपछि मैले हिरानीसँग सामान्य व्यवहार गरिरहेँ । मलाई आफ्नो जागिर बचाउनु थियो किनभने बुवा लाइलाज नामको रोगबाट ग्रसित थिए । उनीप्रति विनम्र हुनुबाहेक मेरो अर्को विकल्प थिएन । यो असह्य थियो तर पनि सहेँ । मैले काममै खातिर यस्तो गरेँ ।’
पीडित थप्छिन्, ‘मलाई चिन्ता थियो कि यदि मैले बीचमा नै काम छोडिदिएँ भने फिल्मी उद्योगमा अर्को काम खोज्न असम्भव हुनेछ । किनभने यदि हिरानीले म राम्रो छैन भनिदिए भने सबैजनाले उनकै कुरा सुन्नेछन् त्यसकारण मेरो भविष्य खतरामा थियो ।’
विधु विनोद चोपडाकी श्रीमतीले गरेकी थिइन् पुष्टिः
अनुपमा चोपडाले पीडितले उनीसँग आफ्नो अकाउन्ट साझा गरेको पुष्टि गरिन् र उनका अनुसार त्यतिबेला विनोद चोपडा फिल्म्स् (वीएसएफ) ले यौन उत्पीडनको उजुरीको समाधानका लागि एक समिति गठन गरिएको छ ।
५ डिसेम्बर २०१८ मा गरिएको अनुपमाले इमेलमार्फत लेखेकी थिइन्, ‘मैले पीडितलाई पूर्ण समर्थन गर्ने प्रस्ताव गरेकी छु । मैले उनलाई उक्त आरोप कानूनी निकाय वा तटस्थ पार्टीमा पुर्याउन पनि आग्रह गरिन् किनभने हामी यसमा मध्यस्थ र जज हुन सक्दैनौं । पीडित राजकुमार हिरानी फिल्म्स (आरएचएफ) की सदस्य थिइन् । त्यसकारण वीएसएफ यो मुद्दा उठाउन सक्दैनँ । वीएसएफ र आरएचएफ दुई भिन्न कम्पनी हुन् ।’
‘एक लड्की...’ को पोस्टर–ट्रेलरबाट हिरानीको नाम गायबः
हिरानीमाथि यौन शोषणको आरोप लागेपछि फिल्म ‘एक लड्की को देखा तो ऐसा लगा’ को पोस्टर र ट्रेलरबाट हिरानीको नाम हटाइएको छ । २०१८ जून २७ मा जारी गरिएको फिल्मको टिजरमा हिरानीको नाम सह–निर्माताको रुपमा समावेश गरिएको थियो । फिल्मकी निर्देशक विधु विनोद चोपडाकी बहिनी शैली चोपडा हुन् ।
यसबारे विधु विनोद चोपडाले कुनै पनि प्रतिक्रिया दिन अस्विकार गरेका छन् ।
यसअघि भारतको मीटू अभियानमा आलोक नाथ, नाना पाटेकर, विकास बहल, साजिद खान र पूर्व केन्द्रीय मन्त्री एमजे अकबरमाथि यौन शोषणको आरोप लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा