बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१० सुन्दर सेलिब्रिटीः यीजस्तो देखिने हरेक युवतीको चाहना

सोमबार, ३० पुस २०७५, ०४ : ५३
सोमबार, ३० पुस २०७५

सफलताको शिखर चुम्ने व्यक्तिलाई थुप्रैले आफ्नो आदर्श मान्छन् । यस्तो परम्परा परापूर्वकालदेखि चल्दै आएको छ । हामीले आफूभन्दा बलिया, चलाख र छिटा व्यक्तिलाई विशिष्ट मानवको रुपमा हेर्छौं र त्यस्ता व्यक्तिको अनुशरण गर्दै कुनै दिन उनीहरुजस्तै बन्ने सपनासमेत देख्छौं । वास्तवमा यो राम्रो कुरा हो, यसले हामीलाई प्रगतिको पथमा हिँड्न, उच्च सपनाहरु देख्न अनि त्यसलाई प्राप्त गर्ने दिशातिर अघि बढ्नका लागि लालायित गराउँछ, ठूलो आशा राख्न सिकाउँछ र राम्रो मान्छे बन्न कडा परिश्रम गर्न प्रेरित गराउँछ । तर, पछिल्लो समय भने सुन्दर व्यक्तिलाई आइडल मान्ने ट्रेन्ड सुरु भएको छ । अचम्मको कुरा त के छ भने सुन्दरताका केही सिमित मानकलाई आधार मानेर कुनै उपलब्धि हाँसिल नगरेका व्यक्तिलाई पनि अहिले आइडलको रुपमा हेरिन्छ ।  यहाँ यस्ता १० सेलिब्रिटीबारे जानकारी दिइएको छ जो आफ्नो सुन्दरताका लागि चर्चित छन् तर आफ्नो क्षेत्रमा निकै चर्चित पछि छन् । यी सेलिब्रिटीजस्तो देखिने हरेक युवतीको चाहना हुन्छ ।

१. एलेक्सिस रेनः

एलेक्सिस रेनको पूरा नाम एलेक्सिस रेने ग्लाबाच हो । उनी इन्स्टाग्राम मोडल एवं सोसल मिडिया इन्फ्लून्सर हुन् । उनी हाल २१ वर्षकी मात्र भएकी छिन् तर यति कलिलो उमेरमै इन्स्टाग्राममा उनका १ करोड २० लाख फलोअर्स छन् । खासगरी उनी आफ्नो शारीरिक फिटनेसका लागि चर्चित छिन् र उनी जस्तै देखिन चाहने सपना साँचेका लाखौं महिलाहरु उनलाई आदर्श मान्ने गर्छन् ।

२. एम्मा वाटसनः

एम्मा वाटसन संसारकी सुन्दर महिलामध्येकी एक हुन् । सुन्दरताका साथसाथै दयालुपनका लागि पनि उनी चर्चित छिन् । संसारलाई राम्रो बनाउनका लागि आफूले सक्दो प्रयास पनि गर्छिन् । धेरैले उनलाई ह्यारी पोटरकी हर्मियोनको रुपमा चिन्छन् । अहिले उनलाई उक्त पात्रमा अभिनय गरेको  देख्न पाइँदैन । तर वास्तविक जीवनमा पनि उनी हर्मियोनजस्तै छिन् भन्दा फरक नपर्ला ।

३. इमिली राताजकोस्कीः

इमिली अमेरिकी मोडल एवं नायिका हुन् । उनी रोबिन थिकेको भिडियो ‘ब्लर्ड लाइन्स’ बाट चर्चित भएकी हुन् । तर उक्त भिडियो र गीतले महिलालाई गलत ढङ्गले प्रस्तुत गरेको भन्दै निकै विवाद पनि भएको थियो । इमिलीको चर्चा दिनप्रतिदिन बढ्दो छ । उनको इन्स्टाग्राममा एक करोड ६५ लाख फलोअर्स छन् ।

४. जेनिफर लोपेजः

जेनिफर लोपेज दशकौंदेखि आफ्ना सुन्दर रुप र सुगठित शरिरका लागि चर्चित छिन् । उनको तन्दुरुस्ती, आकर्षक रुप र सेक्सी फिगर हरेक युवतीको सपना हो । उनी सुन्दर अनुहारका लागि मात्र चर्चित छैनन् । उनी नायिका, गायिका, नृत्याङ्गना, लेखिका, फेशन डिजाइनर र निर्माता पनि हुन् ।

५. काइली जेनरः

काइली जेनर कार्दासियन परिवारकी कान्छी छोरी हुन् र सम्भवतः किमको चर्चालाई टक्कर दिने उनी एक्ली आफन्त हुन् । कार्दासियन परिवारका सबै सदस्यका सोसल मिडियामा पक्कै पनि धेरै फलोअर्स छन् । तर किम र काइलीका फलोअर्स १० करोडमाथि छन् । काइलीका प्रशंसक किमका भन्दा ४० लाख कम छन् । २० वर्षको उमेरमा काइली आमा पनि बनिसकेकी छिन् । त्यसकारण काइलीको अनुहार, फिगर र फेसनको मात्र चर्चा नभई छोरी स्टोर्मीकी आदर्श आमा भएको बारे पनि चर्चा हुने गर्छ ।

६. इमिलिया क्लार्कः

इमिलिया क्लार्कले विभिन्न फिल्ममा अभिनय गरेकी छिन् तर उनी विशेषतः डिनेइर्स टर्गायर्न र गेम अफ थोर्नमा खलेसीको पात्रका लागि परिचित छिन् । सन् २०१४ मा आस्कमेनका पाठकले क्लार्कलाई भोट गरेर संसारकै आकर्षक महिलाको रुपमा उभ्याए । यस्तै, सन् २०१५ मा अमेरिकाको पुरुष पत्रिका एस्क्वाइरले उनलाई संसारकै सेक्सी महिलाको उपाधि दिलायो । उनलाई रोलिङ स्टोनको कभरमा समेत फिचर गरियो ।

७. एश्ले ग्राहमः

एश्ले ग्राहम अमेरिकाकी मोटो शरीर भएका मोडल हुन् र सुन्दर देखिनका लागि महिला पातली नै हुनुपर्दैन भन्ने कुराको जिउँदो प्रमाण पनि हुन् । सुन्दरता प्रत्येक आकार, प्रकारमा हुने एश्लेको विश्वास छ । उनलाई हेरेपछि उनको भनाइमा सहमति जनाउन आइतबार कुर्नै पर्दैन । 

८. रिहानाः

रिहानाले सुन्दर देखिन कुनै नियम बनाएकी छैनन् । धेरैजसो सेलिब्रिटी आफूलाई सुन्दर देखाउनका लागि खानेकुरामा विशेष ध्यान दिनुका साथै अत्यधिक व्यायाम गर्छन् । तर उनी त्यस्तो कुनै औपचारिक नियम, काइदा कानूनहरुमा आफूलाई थुन्दिनन् । उनी कहिले मोटाउँछिन् त कहिले दुब्लाउँछिन् । रोचक त के छ भने, उनी जस्तो रुपमा पनि आकर्षक देखिन्छिन् ।

९. बेला हदिदः

बेला हदिद आफ्नो पातलो शरिरका लागि परिचित छिन् । उनी अमेरिकाको सफल मोडलमध्येकी एक हुन् । धेरै महिला उनको फिगर देखेर लोभिन्छन् । उनको फिगर यस्तो हुनुमा जन्मजात वरदान पाएको बताउने बेलाले यसका लागि अत्यधिक मेहनत पनि गर्ने गरेको बताउँछिन् ।

१०. किम कार्दासियनः

कला, क्षमता र प्रतिभाले भन्दा पनि बढी चाहिँ आफ्नो शरीरको बनावटका कारण संसारमै सबैभन्दा धेरै चर्चा कमाएकी व्यक्तित्वको नाम हो किम कार्दासियन । उनी आफ्नो सुगठित शरीर, अझ विशेष गरेर आकर्षक हिपका कारण चर्चित छिन् । उनको शरिर प्राकृतिक होइन भनेर धेरैले शंका पनि गर्छन् तर जे गरेरै भएपनि उनको शरिर निकै आकर्षक बनाएकी छिन् भन्ने कुरामा दुईमत छैन । उनकै सिको गरेर पश्चिमा जगत्मा ठूलो हिप बनाउने चलनका शुरुवात भएको मान्नेहरु कम छैनन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप