डा गोविन्द केसीको स्वास्थ्यमा समस्या, इलाम अस्पतालमा सार्ने तयारी
काठमाडौं– इलाम बजारको पश्चिममा पर्ने इन्द्रमाया लिम्बूको घरमा पुस २५ गतेदेखि १६ औं अनशन शुरु गरेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी विशेषज्ञ प्रा डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गरेको उनका सहयोगीहरुले बताएका छन् ।
उनको मुटुको चाल अनियमित र छातीको संक्रमणमा देखिएको सहयोगीहरुको भनाई छ । भोलि बिहान केसीलाई सत्याग्रह स्थलबाट इलाम जिल्ला अस्पताल सार्ने तयारी भइरहेकाे छ ।
प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै केसी आमरण अनशनमा बसेका हुन् ।
प्रा डा केसीले यसअघिको १५ औंँ अनशन तोड्दा भएका सम्झौता सरकारले हुबहु पालना नगरेका कारण १६ औंँ चरणको आमरण अनशन बस्नुपरेको उनका निकट सहयोगी धर्म गौतमले बताए ।
यसैबीच अनसन बसिरहेका केसीलाई एक युवकले चुनौति दिएका छन् । काठमाडौँ, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय विजय थापा संसदीय समितिले हालै बहुमतले पारित गरेको चिकित्सा विधेयक कसैको दवाव र प्रभावमा नपरी सार्वभौम संसद्बाट पारित हुनुपर्ने माग गर्दै इलाममै आमरण अनशनमा बसेका छन् ।
काठमाडौँस्थित पशुपति बहुमुखी क्याम्पसका विद्यार्थी थापा इलामको मुख्य चोकस्थित लाँकुरी चौतारामा यही पुस २७ गतेदेखि अनशनमा बसेका हुन् ।
थापाले राखेका नौ मागमध्ये पहिलो माग नै प्रा डा केसीको मुख्य मागको ठीक विपरीत छ । दुवै अनशनस्थलको दूरी एक किलोमिटरभन्दा कम छ ।
इलामकै भिन्न भिन्न स्थानमा आमरण अनशन भइरहेपछि इलामका बासिन्दा विभाजित बनेको पाइएको छ । दुवै अनशनस्थलमा नेपाल प्रहरीले सुरक्षा पहरा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आथिक वर्षको पहिलो तीन महिना : व्यापार घाटा तीन खर्ब ५२ अर्ब
-
असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता