२५० ग्राम अवैध सुनसहित एकजना पक्राउ, चोरीको ३ बुद्धमूर्ति स्वयम्भूमा फेला
काठमाडौं– कतारबाट अबैध रुपमा त्रिभुवन विमानस्थल हुँदै पास गराईएको २५० ग्राम अवैध सुनसहित धनकुटाका समिर श्रेष्ठ पक्राउ परेका छन् । काठमाडौंको काँडाघारी बस्ने श्रेष्ठलाई अवैध सुनसहित पिंगला स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले उनको साथबाट ४१ हजार नगद समेत बरामद गरेको छ ।
५० ग्राम दरका ५ थान बाला बनाएर अवैध रुपमा कतारबाट सुन ल्याउने कारोबार गर्दै आएका श्रेष्ठले उताबाट सुन ल्याउने भरियालाई ६ हजार ‘खर्च’ दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
शनिवार साँझ पक्राउ परेका समिरलाई आवश्यक कारवाहीका लागी महानगरीय प्रहरी परिसर काठमाडौंले राजस्व अनुसन्धान विभागमा पठाएको छ ।
यसैबीच, पुरातात्विक महत्वको ३ थान एन्टिक बुद्धको मूर्तिसहित सिन्धुलीका दिलबहादुर लो पक्राउ परेका छन् । सिन्धुली स्थायी घर भई सामाखुसी बस्दै आएका दिलबहादुरलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले स्वयम्भूस्थित भगवान पाउँबाट पक्राउ गरेको हो ।
३९ वर्षीय दिलहबादुरबाट बरामद गरिएको मूर्ति परीक्षणका लागि पुरातत्व विभाग पठाइएको काठमाडौं डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । दिलबहादुरले उक्त मूर्ति नुवाकोटबाट चोरेर ल्याएको हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने