काँडाघारी एरियाका अवैध भट्टीमा प्रहरी छापा
काठमाडौं– काठमाडौंको काँडाघारी र त्यस आसपासका क्षेत्रमा सञ्चालित अवैध मदिरा भट्टीहरुमा प्रहरीले छापा मारेको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित कृष्ण मन्दिर आसपासको क्षेत्र, बालुवा खानी र सुकुम्बासी वस्तीमा स्वीप अपरेशन चलाएर अवैध रुपमा विक्री वितरण भइरहेको घरेलु मदिरा र कच्चा पदार्थ नष्ट गरिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख (डिएसपी) गोविन्दराज काफ्लेले जानकारी दिए ।
‘स्वीप अपरशेनको क्रममा फेला परेको ९ हजार लिटर घरेलु मदिरा र मदिरा निर्माण कार्यमा प्रयोग हुने कच्चा पदार्थ बरामद गरेर नष्ट गरिएको छ’ डिएसपी काफ्लेले भने, ‘अवैध घरेलु मदिरा नष्ट गर्ने हामीले अभियान नै चलाएका छौं, यो अभियान जारी रहन्छ ।’
काँडाघारी क्षेत्रको सुकुम्बासी बस्तिमा यसअघि पनि घरेलु मदिरा निर्माण गर्ने भट्टीहरु सञ्चालन हुँदै आएका थिए । स्वीप अपरेशनको क्रममा फेला परेको अवैध मदिरा महानगरीय प्रहरी प्रभाग काँडाघारीको कार्यालय भवन पछिल्तिर खाल्डो खनेर स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रबाट प्रहरीले अवैध मदिरा बनाउन प्रयोग हुने १ सय थान भाँडाकुँडा समेत बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा भड्कियो युद्ध, को हुन् हिजबुल्लाह ?
-
‘मेयर’ले राजनीतिक फिल्मको असली स्वाद पस्किन्छ : दीपेन्द्र
-
एक दिनमा कति लिटर पानी पिउनुपर्छ ?
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : चौथो जितसँगै बागमती प्रदेश पहिलो स्थानमा
-
आलोचनापछि गृहमन्त्री लामिछानेले भने : हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन
-
नौ महिनामा नेपालीले ‘राष्ट्रिय फल’ सुन्तला कति खाए ?