अर्जुनपछि बोनी कपुर पनि सलमानको घरमा प्रवेश गर्न प्रतिबन्धित ?
आजकाल मलाइका अरोडा र अर्जुन कपुरको सम्बन्धबारे निकै चर्चा भइरहेको छ । मलाइका र अरबाज खानले आफ्नो १८ वर्षे वैवाहिक सम्बन्ध गत वर्ष समाप्त गरेका थिए । दुबैले अलग बाटो रोजिसकेका छन् । यता मलाइका अर्जुनसँगको सम्बन्धका कारण चर्चामा छिन् भने उता अरबाज पनि जर्जिया एन्ड्रियानी नामकी मोडललाई डेट गरिरहेको भन्ने खबर भारतीय संचारमाध्यमले सार्वजनिक गरेका छन् ।
भारतीय मिडिया टाइम्स अफ इन्डियाले बताए अनुसार सलमान खान अर्जुन र मलाइकाको सम्बन्धका कारण निकै रुष्ट छन् । अझ यी दुईको विवाह हुन लागेको हल्लाले उनको रिसको पारो निकै माथि चढेको स्रोतले बताएको छ । कुनैबेला सलमानकी बहिनी अर्पिता खानसँग डेटिङ गरेका अर्जुन अब सलमानकी बुहारीसँगको प्रेम सम्बन्धमा छन् । भारतीय मिडियामा छापिएको खबरलाई विश्वास गर्ने हो भने सलमानले अर्जुनपछि अब उनका बुवा बोनी कपुरलाई आफ्नो घरमा प्रवेशका लागि प्रतिबन्ध गरेका छन् । यसबारे इन्डिया टाइम्सले पनि समाचार छापेको छ ।
स्मरण रहोस्, जब सन् २०१२ मा अर्जुनले बलिउडमा प्रवेश गरे तब त्यतिबेला सलमानले उनलाई निकै सहयोग गरे । बलिउड सेलिब्रिटीका सन्तानले सलमानबाट जस्तो सहयोग पाउँथे उनले पनि त्यस्तै पाए ।
तर रिपोर्ट अनुसार अब सलमान र अर्जुनबीचको सम्बन्धले नयाँ रुप लिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा