शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘रणवीर’को ट्रेलरमा एक्सन धेरै

आइतबार, २९ पुस २०७५, १२ : ३४
आइतबार, २९ पुस २०७५

काठमाडौं – १८ माघबाट सार्वजनिक प्रदर्शनी तयारमिा रहेको फिल्म ‘रणवीर’ले ट्रेलर सार्वजनिक गरेको छ । 

राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको ट्रेलरमा भरपुर एक्सन देख्न सकिन्छ । एक्सनको अलवा ट्रेलरमा बेरोजगार युवाको संघर्ष, उसको प्रेममा आरोह, अवरोहस पनि प्रस्तुत गरिएको छ । 

करिब ३ मिनट १७ सेकेन्डको ट्रेलर हेर्ने दर्शकले हलिउड, बलिउड देखि दक्षिण भारतीय फिलमसँग तुलाना गरेका छन् । 

ट्रेलरमा शुशिल सिटौला र प्रशान्त ताम्राकारबीचको द्धन्द्ध समेत देखाइएको छ । यी दुबै फिल्मका मुख्य कलाकार हुन् ।

गोविन्द सिंह भण्डारीले निर्देशन गरेको फिल्म निर्माताद्धय गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले बनाएका हुन् । दुई करोड भन्दा माथिको बजेट लागत खर्च बताइएको फिल्मले दर्शकलाई नयाँ स्वाद पस्कने पनि निर्माता गोमाको भनाई रहेको छ । 

फिल्ममा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द निर्देशन, रामजी लामिछाने र सुरेन्द्र बसेलको नृत्य निर्देशन छ । 

– कार्यक्रममा चलचित्रको कथा अनुसार आफुलाई प्रस्तुत गर्न ६ महिनाको शारीरिक सुगठन अभ्यास पछि १५ केजी तौल बढाएको अभिनेता शुशिलले बताए ।

–अभिनेत्री सुभेच्छा खड्काले कथा देखि आफ्नो भूमिका प्रभावशाली भएकै कारण ‘रणवीर’बाट डेब्यु गर्न लागेको बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप