रुपन्देहीमा तस्कर र प्रहरीबीच भीडन्त, एकको मृत्यु
रुपन्देही – रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा तस्कर र प्रहरीबीचको दोहोरो फायरिङका क्रममा प्रहरीको गोली लागेर एकको मृत्यु भएको छ ।
गएराति साढे १२ बजे तस्कर नियन्त्रण गर्न सादा पोसाकमा खटिएका प्रहरीले तस्करलाई नियन्त्रणमा लिन खोज्दा मुठभेट भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मुठभेडका क्रममा प्रहरीको जवाफी फायरिङमा गोली लागेर घाइते भएका एक तस्करलाई भैरहवा मेडिकल कलेजले राति १ बजे मृत घोषणा गरेको थियो ।
एक तस्कर फरार भएका छन् ।
उनको शव हाल पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देहीमा राखिएको छ ।
भारतीय मोटरसाईकल युपी ५३ एच २०२८ मा आएका तस्करहरुलाई सादा पोशाकका प्रहरीले रोक्न खोज्दा उनिहरुले प्रहरीमाथि नै गोली चलाएको प्रहरीले जनाएको छ । गस्तीमा खटिएका प्रहरी जवान कृष्ण श्रेष्ठको बायाँ हातमा गोली लागेको छ ।
प्रहरीको गोली लागी मृत्यु भएको तस्करको अहिलेसम्म पहिचान नखुलेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक हृदय थापाले बताए ।
प्रहरीले घटनास्थलबाट भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल र एक थान पेस्तोल बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास