मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आर्सनललाई वेस्टहामको झड्का, १–० गोलले पराजित

शनिबार, २८ पुस २०७५, २१ : ४५
शनिबार, २८ पुस २०७५

एजेन्सी । इङ्लिस प्रिमियर लिगका बलियो टोली आर्सनललाई वेस्टहाम युनाइटेडको नमिठो धक्का लागेको छ ।  

शनिबार भएको खेलमा बेस्टहामले आर्सनललाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । 

घरेलु मैदानमा वेष्टहामको जितमा डेक्लान राइस नायक बने । डेक्लानले ४८औं मिनेटमा गोल गरेका थिए । आर्सनलको गोल फर्काउने प्रयास अन्तिमसम्म सफल हुन सकेन । 

यस जितसँगै वेस्टहामले २२ खेलबाट ३१ अंक बनाएको छ । हारले आर्सनललाई चेल्सीसँग बराबरी गर्ने मौका गुमेको छ । आर्सनलले ४१ अंक बनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप