टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबलमा वीरगञ्ज ११ को विजयी सुरुवात

वीरगञ्ज । वीरगञ्ज ११ ले दोस्रो टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
वीरगञ्जमा आजदेखि शुरु भएको विशाल मेमोरियल गोल्डकप फुटबलको उद्घाटन खेलमा भारत कोलकत्ताको साउथर्न समिति फुटबल क्लबलाइ पराजित गर्दै आयोजक वीरगन्जले प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
नारायणी रंगशालामा भएको उद्घाटन खेलमा कोलकत्तालाइ ट्राइबेकरमा ४–१ गोलले पराजित गरेको वीरगन्जले सेमिफाइनलमा पनि स्थान पक्का गरेको छ ।
निर्धारित समयको खेल गोल रहित बरबारीमा सकिएपछि खेलको अन्तिम निर्णय ट्राइबेकरबाट गरिएको थियो ।
ट्राइबेकरमा वीरगञ्जका लागि कप्तान कृष्ण शाक्य, कृपाकान्त चौधरी, अहुज सिंह र शीशम थापाले गोल गरेका हुन् । कोलकत्ताका लागि भने एक मात्र सान्तवना गोल क्षिभर लकराले गरे ।
तर कोलकत्ताका शुभांकर दास र तान्मय घोषले प्रहार गरेको बल वीरगञ्जका गोलरक्षक दिपेश यादवले उत्कृष्ट बचाउगरेपछि वीरगञ्जले जित हात पारेको हो ।
यसअघि निर्र्धारित समयको खेलको पहिलो हाफमा कोलकत्तामाथि वीरगञ्ज हाबी भएको थियो । तर दोस्रो हाफमा लयमा फर्किएका कोलकत्ताका खेलाडीहरुले वीरगञ्जको गोल पोष्टमा गोल गर्ने आधा दर्जन अवसर पाएपनि गोलरक्षक दिपेश यादवले विफल पारिदिएका थिए ।
शनिबारको उद्घाटन खेलको म्यान अफ दी म्याच वीरगञ्जका गोलरक्षक दिपेश यादव नै घोषित भए । उनलाई नगद पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा आइतबारको खेल सशस्त्र प्रहरी बल (एपीएफ) क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । वीरगञ्जका पूर्वराष्ट्रिय फुटबल खेलाडी स्वर्गीय विशालजंग राणको स्मृतिमा विशाल मेमोरियल फाउण्डेशनले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका गरि कुल आठ टिमको सहभागीता छ ।
प्रतियोगितमा नेपालका ए डिभिजन क्लबहरु त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, आयोजक विशाल मेमोरियल फाउण्डेशनको वीरगञ्ज ११, बारा सिमराको नव जनजागृति युवा क्लब, झापा ११ तथा भारत कोलकत्ताको साउर्थन समिति एफएसी र सिलीगुढीको रोयल एफसीले भाग लिएका हुन् ।
माघ ५ गतेसम्म चल्ने प्रतियोगिताको बिजेता टिमले कपसहित नगद पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल एक थान र प्रत्येक खेलका म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई नगद पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
-
भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु
-
सरकारको नीति तथा कार्यक्रम र बजेटप्रति समाजवादी पार्टीको असन्तुष्टि
-
‘चोरबाटो’बाट सांसदलाई ३४ अर्ब ६५ करोड बजेट
-
भुवन, चैत्यदेवी र वसुन्धरालाई ‘त्रिदेवी सम्मान’ दिइने
-
प्रदेश मामिला समितिद्वारा जाजरकोट भूकम्प पुनर्निर्माण सम्बन्धी सरकारलाई १० बुँदे निर्देशन र सुझाव