शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विकासको धरातल निर्माण गरिरहेका छौँः मन्त्री विष्ट

शनिबार, २८ पुस २०७५, २१ : १९
शनिबार, २८ पुस २०७५

कास्की । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले समृद्ध देश निर्माणको धरातल निर्माण गरिरहेको बताएका छन् । 

प्रेस सङ्गठन नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘सडक, रेल, सिँचाइ, जलस्रोत, केबलकारलगायत मुलुकको समग्र विकासका लागि अवधारणा बनाएर अघि बढ्ने प्रयत्न सरकारले गरिरहेको छ ।’

‘पाँच वर्षभित्रमा सरकारले जनताबीच गरेका प्रतिबद्धता पूरा गर्ने तयारीका साथ काम गरेको छ, त्यसका लागि अहिले हामीले फाउण्डेशन (धरातल) तयार गरिहेका छौँ, समय लाग्ला तर सरकारले परिणाम दिएरै छाड्छ’, मन्त्री विष्टले भने । 

उनले सार्वजनिक, सहकारी र निजी क्षेत्रबाट रोजगारीका अवसर सिर्जना गरी देशमा व्याप्त बेरोजगारी समस्या समाधान गरिने उल्लेख गर्दै आम्दानीको स्रोत नभएका परिवारका सदस्यले काम गर्ने चाहना राख्दा पनि काम दिन नसके त्यस्ता परिवारलाई वर्षमा ५० दिन बराबरको निर्वाह भत्ता सरकारले उपलब्ध गराउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप