शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

पार्टी एकताका विषयमा नयाँ शक्ति पार्टीका नेताहरुबीच चर्काचर्की

शुक्रबार, १३ साउन २०७४, १७ : ३८
शुक्रबार, १३ साउन २०७४

काठमाडौ– डा. बाबुराम भटराई नेतृत्वको नयाँ शक्ति पार्टीमा कुन पार्टीसँग एकीकरण गर्ने या आफ्नै पहिचान बनाएर अघि बढ्ने भन्नेमा नेताहरुवीच गम्भीर मतभेद देखिएको छ । यो पार्टीमा केही नेता माआबादी केन्द्रसँग एकता गर्नुपर्ने पक्षमा उभिए भने कोही पुजिबाद अंगाल्ने शक्तिमा समाहित हुनुपर्ने पक्षमा उभिन पुगेका छन् ।

नयाँ शक्तिको संघीय परिषद बैठकमा बोल्ने क्रममा कतिपय नेताबीच घोचपेच मात्रै भएन एकीकरणबारे चर्काचर्की नै हुन पुग्यो । पछिल्लो समय नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच पार्टी एकीकरण गर्ने चर्चा भइरहेका बेला धेरैजजसो नेताहरुले फोरमसँग भन्दा माओवादी केन्द्रसँग एकता गर्नु उपयुक्त हुने निश्कर्ष सुनाएका थिए । त्यस क्रममा सो पार्टीका नेताहरु स्पश्ट दुई धारमा विभाजित बनेका थिए । बैठक हलमा बोल्ने क्रममा केहीले कम्युनिष्ट धारको वकालत गरे भने केहीले पुँजिबादको वकालत गरेका थिए । 

कम्युनिष्ट  धारको नेतृत्व हुनुपर्छ भन्नेमा परशुराम तामाङ, देवेन्द्र पौडेल र रामकुमार शर्मा लगायतका नेता देखिए भने पँुजिबादको पक्षमा डम्बर खतिवडा लगायतका नेताहरु उभिएका थिए । 

बैठकमा आफ्नो धारणा राख्दै नेता परशुराम तामाङले पुँजिबादको विकल्प समाजबाद भएको भन्दै पुँजिवादमा जानै नसकिने बताएका थिए । उनले कसैले पार्टी त्यो दिशामा जान्छ भनेर भन्छ भने त्यो भ्रम मात्र हुने भन्दै त्यस्तो भ्रम नपाल्न खतिवडा पक्षलाई चेतावनी दिए । तामाङको भनाईमा समर्थन गर्दै नेता देवेन्द्र पोडैल र रामकुमार शर्माले पनि कम्युनिष्ट विचारधारा बोक्ने पार्टीसँगै पार्टी एकता गर्न सहज हुने धारणा राखेका थिए । नेता पौडेलले त नयाँ शक्ति पार्टीको लिङग नै पहिचान नभएको भन्दै पहिला लिङग पहिचान गरेरमात्रै अघि बढ्नुपर्ने बताएका थिए ।

 उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघठनको चर्चा गरेको स्मरण गर्दै आवाश्यक परे नयाँशक्ति पनि विघटन गरेर यी दुईपार्टीबीच पार्टी एकता गर्न सकिने बताएका थिए । यद्यपी डा बाबुराम भटराइले भने यसअघि माओवादीसँग एकीकरण नभई कार्यगत एकता मात्र गर्न सकिने चर्चा गरेका थिए ।

तर, नेता खतिवडाले भने नयाँ विचारमा अघि बढ्नुपर्ने भन्दै पुरानो माक्सबादी विचारमा फर्कन नहुने र त्यहि अनुसार पार्टी एकता गर्न सकिने बताएका थिए । 
परिषद बैठकमा एनजिओ र आईएनजिओ पक्षधर नेताहरुले भने एकताबारे कुनै पनि धारको चर्चा गरेनन् । तीनदिनअघि सुरु भएको सो पार्टीको बैठक शुक्रबार सकिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप