शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साउदी युवतीलाई क्यानडाले शरण दियो, आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी थिइन्

शनिबार, २८ पुस २०७५, १६ : १२
शनिबार, २८ पुस २०७५

टोरोन्टो– धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टु«डोले रहाफ मोहम्मद अलकुनुनलाई शरणार्थी रुपमा स्विकार गरेको बताएका छन् । 

क्यानडा विश्वभरीको मावन अधिकार र महिना अधिकारको पक्षमा उभिएको प्रधानमन्त्री टु«डोले बताएका छन्। रहाफको तर्फबाट संयुक्त राष्ट्रसंघीय शरणार्र्थी निकायले पेश गरेको शरणार्र्थी आवेदन स्वीकार्दा आफ्नो सरकारलाई खुशी लागेको क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका छन् । 

साउदी जेलमा राखिएका महिला अधिकारवादीहरूलाई रिहा गरिदिन क्यानडाको मागको कारण क्यानडा तथा साउदी अरेबियाबीचको सम्बन्ध गत अगस्टमा नाटकीय ढङ्गबाट बिग्रिएको थियो । तर पनि क्यानडाले साउदी महिलाको शरणार्थी रुपमा सहजै स्विकार गरेको छ । 

आफ्ना परिवारसँग कुवेत भ्रमणमा भएकी रहाफले अचानक बैंककको उडानबाट भाग्ने निर्णय गरेकी थिइन् । उनको खास उद्देश्य बैंककबाट अस्ट्रेलियाको उडान समात्ने थियो । उनीसँग अस्ट्रेलियाको प्रवेश आज्ञासमेत रहेको थियो । 

तर बैंककको विमानस्थलमा उनको पासपोर्ट एक साउदी कूटनीतिज्ञले खोसिदिएपछि उनी अलपत्र परिन । त्यसपछिको उनको कहानीले विश्वभर नै खैलाबैला मच्चियो । 

भागेर बैंककको विमानस्थलमा पुगेपछि सामाजिक सञ्जालद्वारा आफ्नो अवस्था प्रकट गरेकी रहाफलाई विश्वभरबाट सहानुभूति व्यक्त भएका थिए । 

रहाफले बैंकक विमानस्थलमा होटेलभित्र आफूलाई बन्द गरी लगातार ट्विटरमार्फत आफ्नो अवस्था विश्वलाई अवगत गराएकी थिइन । 

साउदी अरेबियामा इस्लाम त्याग्नु भनेको मृत्युदण्ड समेत दिनसक्ने अपराध मानिन्छ । रहाफले परिवारबाट शारीरिक तथा मानसिक दुव्र्यव्यवहार भोगेको एएफपीलाई बताएकी थिइन । कपाल काटेको निहुँमा आफूलाई ६ महिनासम्म कोठामा थुनिएको उनको भनाई थियो । 

यद्यपी रहाफको परिवारका एक सदस्यले बीबीसीसँग कुरा गर्दै यी विषयमा उनीहरूले कुनै टिप्पणी गर्न नचाहेको र केबल रहाफको सुरक्षालाई लिएर चिन्तित भएको बताएका थिए  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप