केन्द्रीय संस्करण

न खाने खर्च, न बाबुआमाको साहरा, डाक्टर बन्ने छ चाहना

person explore access_timeपुस २७, २०७५ chat_bubble_outline0
प्रेम सुनार

रातोपाटी

बुटवल– चिसोले मुख सुनिएको छ ।  यो जाडो मौसममा  शरीरमा न्यानो कपडा छैन । चिसो सिरेटोमा खाली पैतला हिँड्छन् । हात खुट्टा फुटेर घाउ हुन थालेका छन् । पुरै शरीर कलेटी परेको छ । नाकभरी  सिंगान छ । बग्दै जाँदा त्यही सिंगानले घाउ पारेको छ । 

बेलामा खानु छैन । बस्ने बास समेत राम्रो छैन ।  साँघुरो र चिसो  कोठा, अर्को कोठा भत्केर जोखिमपूर्ण बनेको छ । त्यही चिसो भुँईमा फाटेको गुन्द्री ओछ्याएर सुतेका हुन्छन् ।  अभिभावकका नाममा मावली घरकी  डाँडामाथीको जुन जस्तै बनेकी ७५ वर्षीया हजुरमा मात्र छन् । उनी पनि विरामी छन् । उनकै उपचार र बिहान बेलुकाको जोह गर्न मुस्किल छ ।

आय श्रोत भनेको केवल तिनै आमाको बृद्धा भत्ता हो । उनै हजुरआमा खाने कुराको जोह गर्न लौरो टेकेर गाउँमा माग्न जान्छिन् । उनै बृद्धा हजुरआमाले गाउँबाट कति बेला के ल्याइदिन्छिन् भन्दै आँखा उतै तिर लगाएर बसेका हुन्छन् तीन बालबालिकाहरु ।

तिनै बालबालिकामध्येका  सबैभन्दा जेठा १२ वर्षीयलाई सोधियो–बाबु कति सम्म पढ्ने मन छ ? ‘डाक्टर कि इञ्जिनियर बन्ने मन छ’ उनको जवाफ आयो ।  उनकी १० वर्षीया बहिनीलाई पनि त्यही प्रश्न सोधियो । ‘कक्षा १२ सम्म पढ्ने मन छ । उनकी ७ वर्षीया वहिनीलाई भने पढाई र विद्यालयबारे कुनै चासो छैन ।

हुर्केका जेठा बालक कक्षा ३ सम्म पनि नियमित स्कुल जान सकेका छैनन् । असाहय र बेसाहरा भएका कारण विद्यालयले काँचो कपडा त दियो तर सिलाउने उपाय नभएर थन्काएर राखेका छन । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर ७  वाग्लास्थित एउटा परिवारका तीन स–साना बालबालिकाको बिचल्लीको कथा हो यो ।

वाग्लाको विकट र एक्लो घरमा  ७५ वर्षीया हेलकुमारी घिमिरे क्षेत्री आफैंलाई पालनपोषण गर्ने छोराछोरी नहुँदा बिचल्लीमा छन् । बृद्धा  र बिरामी हजुरआमा हेलकुमारीका दुई छोेराहरुको सानैमा मृत्यु भएको थियो ।  

उनका श्रीमानको मृत्यु भएको पनि १९ बर्ष भयो । एकल महिला जसको सम्पत्तिका नाममा बास मात्रै छ । आफुलाई पाल्ने भनेको एउटी छोरी लक्षिमा थिईन् । जसको  छिमेकी लिलाबहादुर खनालसँग  झण्डै १५ बर्ष अघि विवाह भएको थियो  ।

स–साना ती सन्तानको शरीरमा गाउँवासीले दयाले दिएका फाटेका कपडा छन् । उनीहरु आमाको तस्वीर हेर्छन् । सुनका गहना र कुनै फिल्मकी नााियकाको जस्तो सिंगार–पटारमा सजिएकी आमाको तस्विर देख्छन् र भक्कानो छाड्छन् । ह्ुन पनि आमाको लवाईखवाई र सौन्दर्य पनि फिल्मकी नायिकाको भन्दा कम छैन ।

खास त सुरुमा बाबुले छाडेका होइनन् । भारतमा आफु खुशी स्वतन्त्र जिवन ज्य्ुँन हिडेकी श्रीमतीलाई दुई बर्ष कुरेर बसेका थिए बाबुले । तर उनले आशको निरासा पारेपछि उनले पनि अर्को विवाह गरेर उतै भारततिर लागे । त्यस पछि बाबुआमा दुबैले गत चार बर्षदेखि मावली घरकी उनै बृद्धा र बिरामी हज्ुरआमाको साथमा छाडेर बेवास्ता गर्दै आएका छन् । 

खुल्ला दिशामुक्त जिल्ला र धुर्कोट गाउँपालिका रहेको हेलकुमारीको बोराले बारेको शौचालय छ । घर–घरमा धारा अभियान छेडेको धुर्कोट गाउँपालिका तर उनको घरमा धारा छैन । उनी बढो मुस्किलले ओरालोमा लौरो टेकेर पानी ल्याउन जान्छिन् । घर–घरमा उज्यालो अभियान पनि छेडिएको छ । तर उनको घरमा बत्ति छैन । उनको अवस्थाबारे आफुलाई  पहिलोपटक सञ्चारकर्मी पुगेर मात्र थाहा भएको वडाध्यक्ष हिमप्रसाद पन्थीले बताए ।

उनले पठनपाठन, विद्युत र धाराको पानी अबको एक महिनामा पु्रा गराईदिने प्रतिबद्धता जनाए । उनीहरुको अवस्थाबारे धुर्कोट गाउँपालिका प्रम्ुख भुपाल पोखरेलको समेत ध्यानकृष्ट गराईएको छ ।  छिमेकी पुष्पाञ्जली घिमिरे र उनकी हजुरआमा उनीहरुको अवस्था देखेर गहभरी आँश्ु पार्दै उनिहरुको उद्धारका लागि सबैसँग सहयोगको अपिल गर्छिन् । अरुको घरमा घाँस काटेर पेट पाल्ने भएका मधुलाई चोरीको आरोप लगाउँदै गाउँवासीले कुट्छन् । उनी रुँदै भन्छिन्ः ‘मैले कसैको मोवाईल चोर्दै नचोर्दा पनि मलाई चोर भनेर कुटे ।’ भोकाएर तीन नातिनातिना रोई रहन्छन् । बृद्धा हजुरआमा निर्मोही बनेर गाली गर्न विवश हुन्छिन् ।  

‘बा नानीहरु माछामासु कहिले खान्छौं ?’ भनेर सोध्दा हज्ु्रआमाले भत्ता बुझने बेलामा ल्याउनुहुन्छ र खान्छौं भन्ने जवाफ दिए । स्कुलमा साथीहरुले कोही नभएका गरिब भनेर हेप्ने गरेका कारण स्कुल जान मन नलाग्ने उनीहरु बताउँछन् । भारतमा रहेकी आमासँग टोलिफोनमा सम्पर्क राख्दा उनले महिनाको ८ हजार आईसी तलब खाने गरेको बताइन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...