क्यानडाले आगामी ३ वर्षमा १० लाख विदेशीलाई पीआर दिने
सीएनएन– क्यानडाको संसदले आगामी ३ वर्षमा १० खाल नयाँ पीआर(स्थाई बासिन्दा) थप्ने घोषणा गरेको छ । यसको अर्थ प्रत्येक वर्ष उसले आफ्नो देशको कुल जनसंख्याको १% बराबार मानिसहरु विदेशबाट लिदैंछ ।
सन् २०१७ मा क्यानडाले २,८६,००० स्थाई बासिन्दालाई स्वागत गरेको थियो । अब नयाँ योजना पारित भएपछि यो वर्ष उसले ३, ५०,००० आप्रवासीहरु लिने छ । यो संख्या सन् २०२० मा ३,६०,००० र सन् २०२१ मा ३,७०,००० पुग्नेछ ।
‘इतिहासकालभर हामीहरुले स्वागत गरेका नव प्रवेशीहरुहरुको कारणले क्यानडा हामीहरु सबैको लागि खुसीयाली मनाउन सकिने एक बलियो र जीवन्त समाजमा बनेको हो,’ क्यानडाका अप्रवासन, शरणार्थी तथा नागरिकतासम्बन्धी मन्त्री अहमद हुसेनले भने ।
हुसेन आफै पनि कुनै समय सोमालियाबाट आप्रवासीका रुपमा क्यानडा आएका थिए । उनले नयाँ आउनेहरुले देशको घट्दो जन्मदर र बढ्दो बृद्ध जनसंख्याले गर्दा श्रम शक्तिमा पर्ने असरलाई न्यूनिकरण गर्ने बताए ।
क्यानडाले नव प्रवेशीहरुप्रति थप मैत्रीपूर्ण नीति त्यो बेला पनि आएको छ, जब संयुक्तराज्य अमेरिकासमेत कयैन पश्चिमा राष्ट्रहरु आप्रवासन नीति प्रति बन्देजकारी नीति अंगिकार गरिरहेका छन् ।
क्यानडाले विशेष गरेर शरणार्थीहरुको सुरक्षा दिने कुरामा ध्यान दिने गरेको छ ।
संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले सन् २०१७ मा अप्रत्यासित स्तरमा शरणार्थीको संख्या मापन गर्यो । यस वर्ष जबरजस्ती विस्थापित हुनेहरुको संख्या ६.८५ करोड पुगेको छ । क्यानडाको आप्रवासन, शरणार्थी तथा नागरिकता मन्त्रालयले विश्वव्यापी पुनर–बसोबास पहललाई ५६ लाख अमेरिकी डलर दिने वाचा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण