केन्द्रीय संस्करण

पर्यटन, संस्कृति र कृषिको विकासका लागि योजना बढाउन मुख्यमन्त्रीको आग्रह

person explore access_timeपुस २७, २०७५ chat_bubble_outline0
file photo

धम्बोझी । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लामा पर्यटन, संस्कृति र कृषिको विकासका लागि योजना अघि बढाउन व्यापारीहरुलाई आग्रह गरेका छन् । 

बर्दियाको माघी महोत्सवको आज बाँसगढीमा उद्घाटन गर्दै उनले जिल्लाको विशेषता, मौलिकता र सम्भावनाको उजागर गर्दै क्षेत्रीय, राष्ट्रिय एवम् अन्तरराष्ट्रिय क्षेत्रमा जिल्लाको व्यापक प्रचारप्रसार र पहिचान गराउन सुझाव दिए । 

जिल्लाको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउने उद्देश्यले प्रत्येक वर्ष उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्दै आएको सङ्घका अध्यक्ष रामसिंह थारुले जानकारी दिए । 

बर्दियामा पाटेबाघ, कृष्णसार, एकसिँगे गैडा, हात्ती, जरायो, डोल्फिन, गोही, कोठियाघाटको लामो पुल, ठाकुरद्वारा मन्दिर, सत्खोलुवा – बढैया–तारा– दानुवाताल, केदारेश्वर धामलगायत छन् । मुलुकको दुर्लभ जनावर कृष्णसार गुलरियाको खैरापुरमा अवलोकन गर्न पाइन्छ । 

महोत्सवमा आदिवासी तथा जनजातिको रहनसहन र संस्कृतिको प्रदर्शनी, ख्यातिप्राप्त स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति, खाद्य उत्सव, बालोद्यान आदि छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ