शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ग्रेटर नेपालले एक लाख हस्ताक्षर संयुक्त राष्ट्रसंघमा बुझाउने

शुक्रबार, २७ पुस २०७५, १९ : ३३
शुक्रबार, २७ पुस २०७५

काठमाडौं– ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपालभित्र र नेपालबाहिर ग्रेटर नेपाल हस्ताक्षर अभियानका निम्ति हस्ताक्षर सङ्कलन सुरु गरेको छ । सुगौली सन्धिमा गुमेर फिर्ता हुन बाँकी जमिन भारतसँग फिर्ता लिनुपर्ने माग गर्दै आएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पृथ्वी जयन्तीका दिन सिंहदरवारको पश्चिमढोकास्थित पृथ्वीनारायण शाहको सालिक परिसरबाट हस्ताक्षर अभियान थालेको हो ।

मोर्चाले हस्ताक्षर संकलन कार्यक्रम आगामी चैत्र मसान्तसम्म जारी राख्ने अध्यक्ष फणिन्द्र नेपालले जानकारी दिए । उनका अनुसार संकलित हस्ताक्षर नेपालका राष्ट्रपति, संयुक्त राष्ट्रसंघका महासचिव, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्र चीन, अमेरिका, रुस, बेलायत र फ्रान्स तथा सार्कका महासचिवलाई बुझाउने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप