बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यो वर्ष १२ सय अस्पताल बन्ने मन्त्री यादवको दावी

शुक्रबार, २७ पुस २०७५, १९ : २२
शुक्रबार, २७ पुस २०७५

सिरहा– उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले देशका सात प्रदेशमध्ये प्रदेश २ स्वास्थ्य र शिक्षाका क्षेत्रमा सबैभन्दा पछाडि परेको बताएका छन् । सिरहाको मिर्चैयामा शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन् गर्दै मन्त्री यादवले स्वास्थ्यकर्मी र डाक्टरहरु धेरै भएपनि प्रदेश २ को स्वास्थ्य अवस्था कर्णाली प्रदेशभन्दा पनि कमजोर रहेको बताएका हुन् । 

‘जुसुकै क्षेत्रमा विकासको लागि लगानी जरुरी हुन्छ, यहाँ स्वास्थ्यको अवस्था अत्यन्त कमजोर रहेकोेले स्वास्थ्य क्षेत्रमा सरकार लगानी गरिरहेको छ’ मन्त्री यादवले भने ।  प्रदेश नम्वर २ स्वास्थ्यको क्षेत्रमा सवैभन्दा कमजोर रहेकोले सरकारले लगानी गर्ने मन्त्री यादवले बताए । 

उनले भुगोलको हिसवाले प्रदेश २ सुगम भएकाले जनसंख्या धेरै भएपनि स्वास्थ्य र शिक्षाको अवस्था कमजोर रहेको पनि बताए । उनले सरकार हरेक गाउँपालिका र वडामा प्राथमिक उपस्वास्थ्य केन्द्र, नगरपालिकामा अस्पताल र प्रदेशहरुमा एउटा विशिष्ट स्वास्थ्य उपचार गर्ने अस्पताल स्थापना गर्ने नीतिगत व्यवस्था भएकोले सवै केही समयमा गाउँहरुको स्वास्थ्यसंस्थाहरु स्थापना हुने मन्त्री यादवको भनाई छ ।

मन्त्री यादवले यो वर्ष १२ सय अस्पताल बन्ने दावी समेत गरे । कार्यक्रममा शहरी विकास मन्त्री इस्तियाक रायनले नेपाल सरकारको शिक्षा तथा स्वास्थ्यमन्त्री प्रदेश २ नेताहरु भएपनि सो क्षेत्रको विकास हुन नसकेको बताए । 

उनले आफ्नो मन्त्रालयले देशभर खरको छाप्रो विस्थापित गर्ने, जोखिमयुक्त स्थानमा बसेकाहरुलाई स्थान्तरण गर्ने र अति विपन्न तथा दलित परिवारलाई सुरक्षित बसोबासका लागि आवास कार्यक्रम अन्तर्गत अनुदान सहयोग गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप