एपीएफ र न्युडायमण्ड फाइनलमा
शुक्रबार, २७ पुस २०७५, १८ : ४७
काठमाडौं– विभागीय टोली नेपाल एपीएफ क्लब र आयोजक न्युडायमण्ड क्लब न्युडायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
नैकापमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले अर्को विभागीइ टोली नेपाल पुलिस क्लबलाई ३–१ को सोटमा हरायो । सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा एपीएफले पुलिसलाई २७–२५, २५–९, २२–२५, २५–२१ ले हरायो ।
अर्को सेमिफाइनलमा न्युडायमण्डले पोखराको टप्सलाई ३–० को सोझो सेटमा पराजित गर्यो । न्युडायमण्डले २५–१०, २५–११, २५–२१ को जित निकालेको थियो ।
पुलिस र टप्सले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । शनिबार हुने फाइनल खेलको विजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने छन् । तेस्रो हुने टोलीले एकलाख एक हजार र चौथोले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता