बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ गाडी खरिद प्रकरण : ‘राजनीतिक पूर्वाग्रह विना सत्यतथ्य छानविन गछौं’

शुक्रबार, २७ पुस २०७५, १७ : ४९
शुक्रबार, २७ पुस २०७५

बुटवल– प्रदेश ५ सरकारले खरिद गरेका गाडीमा भएको अनियमतिताबारे सार्बजनिक लेखा समितिले छानविन थालेको छ । लेखाले कागजपत्रहरु मगाएर छानविन थालेको हो । सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले राजनीतिक पूर्वाग्रह नराखी छानविन गरी सत्यतथ्य बाहिर ल्याउने बताएका छन् । 

‘अनियमितताको समाचार बाहिर आएको छ । सत्यतथ्य के हो फाइल मगाएर त्यसको प्रकृया हेर्छाैं । हामी छिट्टै निश्कर्षमा पुग्छौ’ सभापति चौधरीले बताए । शुक्रबार प्रदेश ५ मा भएको साक्षात्कारमा बोल्दै चौधरीले आजै समितिको बैठकमा थप छलफल हुने समेत बताएका छन् । 

नेकपाका प्रमुख सचेतक भूमेश्वर ढकालले गाडि खरिदमा अनियमितता नभएको दाबि गरे । ‘ई टेण्डरमा २ कम्पनीले भाग लिए, पत्रपत्रिकामा बाहिर आएका कुरा सबै सत्य होइनन् । मलाई राजनीतिक ढंगले जोडिएको छ,यसमा मेरो सङ्लग्नता छैन’ ढकालले दावी गरे ।

उनले सत्तारुढ दलको तर्फबाट यसमा संलग्न जोसुकै भएपनि कडा कारबाहीको माग गरे ।  संघीय समाजबादी फोरमका प्रमुख सचेतक सन्तोष पाण्डेले संसद र सरकारका गाडी खरिदमा अनियमितता भएको बिषयका बारेमा यथाशीघ्र सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप