विवेकशील साझा पार्टी फुट्यो, नयाँ पार्टीको नाम विवेकशील नेपाली दल
शुक्रबार, २७ पुस २०७५, १७ : ३०
काठमाडौं– रविन्द्र मिश्र र उज्जल थापा नेतृत्वको विवेकशील साझा पार्टी फुटेको छ। नयाँ पार्टीको नेतृत्व उज्जल थापाले गरेका छन् । पछिल्लो समय विवादमा रहेको सो पार्टीका संयोजक समेत रहेका थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ बुँदै प्रतिवेदन बुझाएका थिए।
शुक्रबार पार्टीका ३५ मध्ये १६ केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । थापा नेतृत्वको विवेकशील नेपाली दल र मिश्र नेतृत्वको साझा पार्टीबीच २०७४ साउन ११ गते एकता भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ