शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिजिट नेपाल २०२० : बेलायतमा उच्चस्तरीय समिति बन्दै

शुक्रबार, २७ पुस २०७५, १७ : २२
शुक्रबार, २७ पुस २०७५

–विपिन निरौला

लण्डन– नेपालसँग पहिलो कुटनीतिक सम्बन्ध स्थापना गरेको देश बेलायतमा ‘भिजिट नेपाल २०२०’ का लागि उच्चस्तरीय समिति बन्ने भएको छ । बेलायतका लागि नेपालका राजदूत डा.दुर्गाबहादुर सुवेदी क्षेत्रीको अध्यक्षतामा बन्ने समितिमा बेलायतस्थित  पर्यटनसँग सम्बन्धित संघसंस्था र त्यसका प्रतिनिधिहरु सदस्य रहनेछन् ।

यहि जनवरी १९ मा ‘भिजिट नेपाल २०२० उच्चस्तरीय समिति युके’ घोषणा गरिनेछ । लण्डनस्थित नेपाली राजदूतावासका अनुसार समितिमा सबैलाई समेट्ने तयारी भइरहेको छ । केहि वर्षयता  बेलायतबाट नेपाल जाने पर्यटकको संख्या तुलनात्मक रुपले वृद्धि भैरहेको लण्डनका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले जनाएका छन् ।

उनका अनुसार सन् २०१५ मा करिब २९ हजार बेलायतीले नेपाल भ्रमण गरेकोमा २०१६ मा त्यो संख्या बढेर ४६ हजार भएको पुगेको थियो । त्यस्तै सन् २०१७ मा ५१ हजार हुदै गतवर्ष २०१८ मा ६३ हजार पुगेको बताइएको छ । 

सन् २०१९ मा ८० हजारे र २०२० मा १ लाख पर्यटक नेपाल भ्रमण गराउने योजना रहेको राजदूतावासले जनाएको छ । 

भिसा प्रक्रिया सहज

राजदूताबासबाट नेपाल भ्रमण गर्न चाहनेहरुका लागि भिसा प्रक्रिया सहज बनाइएको छ । एकैदिनमा भिसा दिनेगरी सेवा प्रदान गरिरहेको  दूतावासले जनाएको छ । साथै अनलाइनबाट भिषा आबेदन गर्न सकिने र पोस्टमार्फत भिसा स्टिकर पठाइने तथा होम डेलीभरी सेवाको समेत व्यवस्था गरेको दूतावासले जनाएको छ । यसले लण्डन भित्रका भिसा आवेदकहरुको समय बचत हुने र लण्डन बाहिरकाको दूतावास आउने जाने खर्च समेत जोगिने गरेको छ ।

 धार्मिक पर्यटन कति सम्भव ?
संसारको सबैभन्दा उच्च हिमशिखर  सगरमाथाको देश नेपाल विश्वभर प्राकृतिक सौन्दर्यका लागि पर्यटकीय गन्तब्य बन्दै आएको छ । नेपालका मनमोहक हिमाल, वन्यजन्तु, चराचुरुङ्गी, पैदलमार्ग, जलविहारका साथै पर्यटकलाई गरिने स्वागतसत्कारका कारण पर्यटकको रोजाइमा नेपाल पर्ने गरेको छ । 

त्यस्तै, पशुपतिनाथ र मुक्तिनाथ समेत नेपालमा रहेको तथा हाल अहिंसावादी एवम् ध्यानका लागि सुपरिचित बुद्ध धर्माबलम्बीहरुको पवित्रस्थल बुद्धको जन्मस्थल लुम्बिनी समेत नेपालमा पर्ने भएकाले विदेशी पर्यटकको रोजाइमा नेपाल पर्ने गरेको छ । 

यसैबीच जनवरीको पहिलो साता बेलायतको अल्डरसटमा आयोजित एक धार्मिक प्रवचन कार्यक्रममा दुई लाख भन्दा बढी पाउण्ड रकम संकलन भएको छ । शिव मन्दिर तथा कम्युनिटी सेन्टरको लागि भवन खरिद गर्न आवश्यक कोष जुटाउने उद्देश्यले आयोजना गरेको श्रीमदभागवत पुराण तथा वेद र बौद्ध दर्शनसम्बन्धी प्रवचन कार्यक्रमबाट उक्त रकम जुटेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप