शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघका ८ जना पदाधिकारीले देउवालाई बुझाए राजीनामा

शुक्रबार, २७ पुस २०७५, १७ : १२
शुक्रबार, २७ पुस २०७५

काठमाडौ– काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का आठजना पदाधिकारीले राजीनामा दिएका छन् । अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाइएको उपाध्यक्ष पुष्पकुमार शाहीले जानकारी दिए । उनले दुईपटक समयावधि थपिए पनि महाधिवेशन गर्न महर असफल भएको भन्दै नेविसंघलाई अनिर्णयको बन्दी हुनबाट जोगाउन बाटो खुला गरेको दावी गरे ।
राजीनामा दिनेहरुमा उपाध्यक्षहरु शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी छन् । उनीहरुले शुक्रबार बिहान पार्टी सभापति देउवालाई राजीनामापत्र बुझाएका हुन् । 

नेविसंघ कार्यसमितिको समायावधि भदौ २ मै सकिएको थियो । तर विधानतः तीन महिना थप गरेर अधिवेशन गराउन समय थपिएपनि महाधिवेशन हुन सकेको थिएन । माघ २ गतेसम्म रहेको वर्तमान महर नेतृत्वको कार्यसमितिले यहि पुस २८ देखि महाधिवेशन गर्ने घोषणा गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप