केन्द्रीय संस्करण

ग्लोबल आइएमई बैंकले १६ प्रतिशत बोनस शेयर दिने

person explore access_timeपुस २७, २०७५ chat_bubble_outline0

काठमाडौं– ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश (बोनस शेयर) दिने भएको छ ।

बैंकको १२ औँ बार्षिक साधारण सभाले सभाले आ.व. २०७४/०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश (बोनस शेयर) वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको हो । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी १० अर्व ३१ करोड रुपैयाँ पुग्नेछ । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ