शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइएमईको दशैंमा बीस लाख योजना अन्तर्गत शिवुले जिते १ लाख

शुक्रबार, २७ पुस २०७५, १६ : ५४
शुक्रबार, २७ पुस २०७५

काठमाडौं– नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत शिवु झागरले १ लाख जितेका छन् ।

रिया मार्फत कतारबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही शिवु झागर ‘लक्की ड्र’ बाट तेस्रोे महिनाको विजेता घोषित भएका हुन् । सेवाग्राही मल्लले नगद १ लाख प्राप्त गरेका छन्  ।  

आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका सहायक प्रबन्धक श्याम कृष्ण खकुरेल (अन्तराष्ट्रिय व्यापार)ले विजेता शिवुको सिफारिसमा उनको आफन्त कृष्ण गोपाल कुस्मालाई १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु सेवाग्राहीमुखी यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट तिनजना विजेता घोषित भइसकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप