ललितपुरको महालक्ष्मीस्थानबाट लागूऔषधसहित ४ जना पक्राउ
काठमाडौं– प्रहरीले ललितपुरको महालक्ष्मीस्थानबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बुधबार साँझ ललितपुर महालक्ष्मीस्थानमा चेकजाँच गर्ने क्रममा ललितपुर चिवहाल बस्ने ललितपुरका बखतबहादुर खड्का, ललितपुर बस्ने अजय ठाकुर, नख्खु बस्ने विजय कुमार ठाकुर र लगनखेल बस्ने
गोरखाका सुदीप बरामलाई ८ सय ग्राम गाँजा, नाईट्राभेट २०० ट्याबलेटसहित पक्राउ गरेको हो ।
यसै गरी महानगरीय प्रहरी वृत्त जगतिबाट खटिएको प्रहरीले भक्तपुर सल्लाघारीमा बा. ८४ प १८५१ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा सुर्यविनायक बस्ने रिदम कार्की र सिन्धुपाल्चोक लिशंखु बस्ने पासाङ तामाङको साथबाट साईटाम ६ एम्पुल, फेनारागन ६ एम्पुल, नुरफिन ६ एम्पुल र सिरिन्ज १ थान बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ