शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरको महालक्ष्मीस्थानबाट लागूऔषधसहित ४ जना पक्राउ

शुक्रबार, २७ पुस २०७५, १६ : ०५
शुक्रबार, २७ पुस २०७५

काठमाडौं– प्रहरीले ललितपुरको महालक्ष्मीस्थानबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बुधबार साँझ ललितपुर महालक्ष्मीस्थानमा  चेकजाँच गर्ने क्रममा ललितपुर चिवहाल बस्ने ललितपुरका बखतबहादुर खड्का, ललितपुर बस्ने अजय ठाकुर, नख्खु बस्ने विजय कुमार ठाकुर र लगनखेल बस्ने 
गोरखाका सुदीप बरामलाई ८ सय ग्राम गाँजा, नाईट्राभेट २०० ट्याबलेटसहित पक्राउ गरेको हो ।

यसै गरी महानगरीय प्रहरी वृत्त जगतिबाट खटिएको प्रहरीले भक्तपुर सल्लाघारीमा बा. ८४ प १८५१ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा सुर्यविनायक बस्ने रिदम कार्की र सिन्धुपाल्चोक लिशंखु बस्ने पासाङ तामाङको साथबाट साईटाम ६ एम्पुल, फेनारागन ६ एम्पुल, नुरफिन ६ एम्पुल र सिरिन्ज १ थान बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप