काठमाडौंको बल्खुबाट लागू औषधसहित १ जना पक्राउ
शुक्रबार, २७ पुस २०७५, १५ : ४६
काठमाडौं– प्रहरीले प्रतिबन्धित लागू औषध डाईजे ल्याब, नोफिनसहित एक जनालाई पक्राउ गरेको छ । २७ सय थान लागू औषध डाईजे ल्याब, नोफिनसहित बर्दियाका ३२ वर्षीय लालबहादुर राना काठमाडौंको बल्खुबाट बिहिबार दिउँसो २ बजे पक्राउ परेका हुन् ।
उनले उपत्यका बाहिरबाट सो लागू औषध काठमाडौं ल्याई बिक्री गर्नेक्रममा पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीले उनको साथबाट हजार दरको नोट ३० थान तथा भिभो लेखिएको मोबाईल एक थान पनि बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर