बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार मुद्दामा छुटेपछि ‘डिएसपी हुँ’ भन्दै ठमेल र दरबारमार्गमा आतंक !

शुक्रबार, २७ पुस २०७५, १४ : २०
शुक्रबार, २७ पुस २०७५

काठमाडौँ । दरबारमार्ग र ठमेलका होटल रेष्टुरेण्टहरुमा ‘डिएसपी हुँ’ भन्दै परिचय पत्र देखाएर आतंक मच्चाउने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय अनिल थापा रहेका छन् ।

भक्तपुरको बालकोट स्थायी घर भएका थापाले नेपाल प्रहरीको ‘डिएसपी हुँ’ भन्दै भीम किरण बोगटीको नाममा जारी भएको परिचय पत्र समेत देखाउने गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

विगत १४ दिनदेखि कमलादी स्थित तिरुपती होटलको रुम नम्बर २०३ मा बसेर धाक–रवाफ देखाई आपराधिक गतिविधी गर्दै आएका ‘नक्कली डिएसपी’ थापालाई काठमाडौं प्रहरीको विशेष टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।  

२०६९ सालमा जबर्जस्ती करणी मुद्दामा जेल परेर गत भदौमा छुटेका अनिल थापाबारे सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप