बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गोपाल खड्काको बयान : ‘विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएँ, अमिताको सम्पत्ति मेरै हो’

शुक्रबार, २७ पुस २०७५, १३ : १५
शुक्रबार, २७ पुस २०७५

भ्रष्टाचारको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आरोपित नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएको बताएका छन् । 

भ्रष्टाचारको मुद्दा दर्ता हुनुभन्दा अगाडि अख्तियार दुरुपयोग अनुसनधान आयोगले लिएको बयानमा खड्काले विभिन्न व्यक्तिहरूलाई १ करोडभन्दा बढी चन्दा दिएको बताएका हुन् । 

खड्काले अख्तियारलाई दिएको बयानमा आफूले जोडेको सम्पत्ति, लुकाएको सम्पत्ति र आयआर्जनको सम्पूर्ण फेहरिस्त पेश गरेका छन् । 

त्यसबाहेक आफूले अमिता लामाको नाममा सम्पत्ति जोडेको पनि स्वीकार गरेका छन् । 

खड्काले अख्त्यिारलाई दिएको बयानमा आफूले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई सबैभन्दा धेरै सहयोग गरेको बताएका छन् । खड्काको बयानअनुसार उनले सानिमा बैंकमा रहेको खाता नम्बर ००१०००९६३०५१२ बाट अम्बिका चन्दलाई १८ लाख ९९ हजार, हेमन्तप्रकाश ओली सुदर्शनलाई ९ लाख ९९ हजार, प्रकाशराज देवकोटालाई ८ लाख ५० हजार र दीपेन्द्र खड्कालाई ९ लाख चन्दा दिएका छन् । 

ऋषि धमलालाई समेत चन्दा !

खड्काले अख्तियारमा दिएको बयानमा आफूले ऋषि धमलालाई पनि चन्दा दिएको बताएका छन् । विभिन्न कार्यक्रम र प्रचारप्रसारका लागि आफूले धमलालाई उक्त चन्दा/सहयोग दिएको खड्काले स्पष्टीकरण दिएका छन् । खड्काले नविल बैंकको १७१००१७५०४८६२ नम्बरको खाताबाट पत्रकार ऋषि धमलालाई चन्दा दिएका हुन् । 

याे पनि

के सम्बन्ध छ अमिता र गोपाल खड्काबीच ? किन दिए अमितालाई ७ करोड ५४ लाखको सम्पत्ति ? (अमिताको बयानसहित)

काठमाडौँमा ५ वटा घर भएका गोपाल खड्काको तपोवनको बास खर्च २५ लाख !

अमिता लामाको अभिभावकत्व लिएको हुँ

खड्काले अख्तियारलाई दिएको बयानमा अमिता लामाको अभिभावकत्व आफूले लिएको बताएका छन् । 

अख्तियारले छानविन गर्नुभन्दा ठीक अगाडि ‘अन्य कुनै स्थानमा वा व्यक्तिका नाममा पनि तपाईंको स्म्पत्ति छ कि ?’ भनेर सोधेको थियो । त्यसको जवाफमा पनि खड्काले अन्य कुनै स्थानमा आफ्नो सम्पत्ति नभएको र अन्य कुनै व्यक्तिको नाममासमेत सम्पत्ति नराखिएको बताएका थिए । 

बयानको केही अंश यस्तो छ :

‘अमिता लामाको हजुरआमा आफू जीवित रहँदासम्म अमितालाई आफैले पालनपोषण गरेकी थिइन् । त्यसपछि निजलाई मैले संरक्षणमा राखेको हो । निज अमिता लामा आफ्नै व्यवसाय गरी छुट्टै बसेकी छिन् । अमिता लामाको नाममा रहेको जिल्ला काठमाडौं विष्णु गाविस ६ को कित्ता नम्बर ८११ को घर रु ६० लाखमा आफूले खरिद गरेको र निजले जिल्ला काठमाडौं महांकाल ४ कित्ता नम्बर १९१ मा सीजी डेभलपर्सले निर्माण गरेको सीजी हिल्सको घर नम्बर ३२ लिनको लागि पैसा नपुग भएकाले रु. १ करोड दिएको हुँ । निजले उक्त घर रु १ करोड ९४ लाखमा खरिद गरेको हो ।’

यद्यपि अमिता लामा, घर बिक्रीकर्ता टासी शेर्पा, सीजी हिल्सका कर्मचारी केशर श्रेष्ठ र खड्काका ड्राइभर हरिशरण कुइँकेलले भने उक्त घर ३ करोड २५ लाखमा खरिद गरेको बयान दिएका छन् । 

अमिता लामाको नाममा रहेको सम्पत्ति लुकाएका थिए खड्काले

अख्तियारले भ्रष्टाचारबारे छानविन गर्नुभन्दा पहिले १३ पन्ने सम्पत्ति विवरणको फारम भराएको थियो । त्यो फारममा अमिता लामाको नाममा राखिएको कुनै पनि सम्पत्ति खड्काले देखाएका थिएनन् ।

अख्तियारले छानविन गर्नुभन्दा ठीक अगाडि ‘अन्य कुनै स्थानमा वा व्यक्तिका नाममा पनि तपाईंको स्म्पत्ति छ कि ?’ भनेर सोधेको थियो । त्यसको जवाफमा पनि खड्काले अन्य कुनै स्थानमा आफ्नो सम्पत्ति नभएको र अन्य कुनै व्यक्तिको नाममासमेत सम्पत्ति नराखिएको बताएका थिए । 

तर जब खड्काले अमिता लामाको नाममा सम्पत्ति राखेको कुरा अख्तियारले पत्ता लगायो, तब भने खड्काले उक्त सम्पत्तिहरू आफ्नो रहेको स्वीकार गरेका छन् । उनले छोरा बुहारी तथा भाइबुहारीका लागि घर तथा जग्गा खरिद गरेको बयान अख्तियारलाई दिएका छन् । 

जग्गा खरिद र बिक्री मूल्यमा झुटैझुट

खड्काले अख्तियारलाई दिएको बयानमा केही यस्ता बयानहरू पनि छन्, जुन आश्चर्यचकित पार्ने किसिमका छन् । 

खड्काले श्रीमती शर्मिला खड्काको नाममा जिल्ला ललितपुर टीकाथली वडा नम्बर ५ कित्ता नम्बर १३८० क्षेत्रफल ३ आना भएको जग्गा २०६६ कात्तिक ९ गते खरिद गरेको गृबेन्द्र नेपालसँग १ लाख ६२ हजारमा खरिद गरेका बताएका छन् । 

तर त्यसको ४ वर्षपछि नै उक्त जग्गासिता गौतमलाई २९ लाख ७५ हजारमा बिक्री गरेको बताएका छन् । जबकि यस समयमा जग्गाको मूल्यमा खासै परिवर्त आएको थिएन भने ४ वर्षकै अवधिमा एउटै जग्गाबाट कसरी २८ लाखभन्दा बढी कमाए ? आश्चर्यको विषय बनेको छ । 

खड्काले जग्गा खरिद गर्दा कम मूल्यमा खरिद गरेको देखाउने गरेको र बिक्री गर्दा बिक्री मूल्य राख्ने गरेको देखिन्छ । यसको अर्थ खड्काले नेपाल आयल निगममा आउनुभन्दा पहिलेदेखि नै अकुत सम्पत्ति कमाउने गरेको त्यो पैसाले सस्तो मूल्यमा जग्गा खरिद गरी महँगो मूल्यमा बिक्री गरेको देखाइ केही राजस्व तिर्ने र अवैध पैसालाई वैध बनाउने गरेको बुझिन्छ । 

त्यसैगरी खड्काले श्रीमती शर्मिलाकै नाममा काभ्रेको साँगा गाविस वडा नम्बर ९ क को कित्ता नम्बर ९३८ को १ रोपनी ७ आना १ पैसा १ दाम (१–७–१–१) को जग्गा नानीराम थापासँग २० हजारमा तथा सोही मितिमा सोही स्थानको कित्ता नम्बर ९३६ को ९ आना १ पैसा ३ दामको जग्गा केशवबहादुर खुलालसँग ८ हजारमा खरिद गरेको बयान दिएका छन् ।

त्यही जग्गालाई २०६६ जेठ ४ गते कोमल बिजनेस प्रालिलाई २१ लाख ७८ हजारमा बिक्री गरेको बयान दिएका छन् । यद्यपि जग्गा बेच्ने र किन्ने सबैले खड्काले दिएभन्दा फरक बयान दिएका छन् । 

जग्गा बेच्ने नानीराम थापाले भने उक्त जग्गा प्रति रोपनी १ लाखा ४० हजारका दरले २ लाख १० हजारमा बिक्री गरेको बयान दिएका छन् ।

कित्ता नम्बर ९३६ को जग्गाको बिक्रेता केशवबहादुर खुलालले पनि उक्त जग्गा प्रति रोपनी ३ लाख १० हजारको दरले जम्मा १ लाख ८० हजारमा बिक्री गरेको बयान दिएका छन् ।

अझ रमाइलो त के छ भने खड्काले आफ्नै नाममा ललितपुरको बडिखेल १ मा कित्ता नम्बर ३२२ को १ रोपनी २ आना (१–२–०–०) जग्गा २०६६ असार २८ मा रमेशकुमार आचार्यसँग ८० हजारमा खरिद गरेको बयान दिएका छन् । जबकि यस समयमा यस स्थानको जग्गाको मूल्य प्रतिआना करिब ८० हजार थियो । तर त्यसको २ वर्षपछि अर्थात् २०६८ साल मङ्सिर २७ गते खड्काले उक्त जग्गा रत्नसिंह बस्नेतलाई २९ लाख ७५ हजारमा बिक्री गरेको बयान दिएका छन् । जबकि यसबीचमा घरजग्गा खरिद बिक्रीमा चरम मन्दी आएको थियो भने जग्गाको भाउ बढ्नेभन्दा पनि घट्ने अवस्थामा थियो । 

यता जग्गा बिक्री गर्ने व्यक्ति रमेशकुमार आचार्यले भने अख्तियारालई दिएको बयानमा आफूले उक्त जग्गा १५ लाखमा बिक्री गरेको बयान दिएका छन् । 

बडिखेलको जग्गा बेचेको केही समयपछि खड्काले फेरि काभ्रेको महादेवस्थान गाविस वडा नम्बर १ मा कित्ता नम्बर २१२५ को २ रोपनी (२–०–०–०) जग्गा रत्नसिंह बस्नेतसँग २०६८ को चैत ३० गते २ लाख ४० हजारमा खरिद गरेको बयान दिएका छन् । उक्त जग्गा त्यसको २ वर्षपछि अर्थात् २०७० वैशाख ३० गते सरोज खनाललाई २९ लाखमा बिक्री गरेको र राम्रै कमाइ गरेको झुटो बयान दिएका छन् ।

खड्काले जग्गा खरिद गर्दा कम मूल्यमा खरिद गरेको देखाउने गरेको र बिक्री गर्दा बिक्री मूल्य राख्ने गरेको देखिन्छ । यसको अर्थ खड्काले नेपाल आयल निगममा आउनुभन्दा पहिलेदेखि नै अकुत सम्पत्ति कमाउने गरेको त्यो पैसाले सस्तो मूल्यमा जग्गा खरिद गरी महँगो मूल्यमा बिक्री गरेको देखाइ केही राजस्व तिर्ने र अवैध पैसालाई वैध बनाउने गरेको बुझिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप