शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सानैदेखि नक्कल–झक्कल गर्ने बानी थियो– प्रियङ्का

शुक्रबार, २७ पुस २०७५, १३ : ०३
शुक्रबार, २७ पुस २०७५

प्रियङ्का सिंह फिल्म ‘गरुड पुराण’की नायिका हुन् । अभिनेता गौरव पहाडीसँग ‘अन्जानैमा’ बोलको गीतको भिडियो अभिनय गरेर यो क्षेत्रमा होमिएकी उनको ‘गरुड पुराण’ डेब्यु फिल्म हो ।
नयाँ बानेश्वर, काठमाडौँकी प्रियङ्का टिक टक (म्युजिकल्ली)मा भने निकै हिट छिन् । सैयौँ बढी टिक टक भिडियोमा उनले अभिनय देख्न सकिन्छ । 

‘टिक टक त एक्लै बसेर बनाउँदा भन्दा फिल्ममा धेरैको अगाडि अभिनय गर्न निकै गाह्रो हुँदो रहेछ’, उनले भनिन् । ‘गरुड पुराण’मा उनी कर्मा, प्रवीण खतिवडा र कामेश्वर चौरसिया तीन हिरोका एक्ली हिरोइन हुन् । फिल्ममा सबैले उनलाई मन पराउँछन् । तीन हिरोकी हिरोइन बन्दा रमाइलो महशुस भएको उनले बताइन् । 

स्वभावले कम बोल्न र आफैमा रमाउने व्यक्ति उनी फिल्ममा धेरै बोल्ने र निडर भूमिकामा छिन् । सानैदेखि ऐना हेरेर नक्कल झक्कल गर्ने बानी भएकी प्रियङ्कासँग रातापाटीको दश प्रश्न । 
 
डेब्यु फिल्म प्रदर्शनमा आउँदैछ  हैन ?
– हो, यही कारणले एकदमै एक्साइटेट छु र नर्भस पनि । डर पनि लागि रहेको छ । पहिलो चलचित्र अभिनय कस्तो भयो होला । दर्शकलाई मन पर्छ पर्दैन । दर्शकले के भन्ने हुन् । मनमा धेरै कुरा खेलिरहको छ ।

आफूलाई नायिकाका रूपमा उभ्याउँदा कस्तो अनुभूति हुँदो रहेछ ?
– हिरोइन बन्छु भन्ने मेरो मनमा कहिल्यै थिएन । तर म सानैदेखि ऐना हेरेर नक्कल झक्कल भने गर्थे । यो मेरो लाइफको युट्रन पनि हो । न हिरोइन हुँ भनेर आफैलाई खासै फिल भएको छैन । परिवार, आफन्त र साथीभाइले हिरोइनभन्दा अनौठो फिल लाग्दो रहेछ । 

फिट्नेस त गर्नुहुन्छ ?
– केही समय भयो । खासै ध्यान दिन सकेकी छैन । केही अगाडिसम्म जुम्बा जान्थे । योगा गर्थे । 

फेसनतिर रुचि ?
–धेरै छ । जानकार राख्न पनि मनपर्छ । मलाई क्याजुअल पहिरन नै बढी सुहाउँछु । कुर्था सुरुवालमा पनि राम्री देखिन्छु । 

सपना ?
–नम्बर वान हिरोइन बन्ने सपना छ । त्यही पूरा गर्ने दौडमा लागिसके ।

फुसर्दको समय ?
– किताब पढ्न मनपर्छ ।

मनपर्ने खान ?

– म सारै फुडी छु । धेरैथरीका परिकार खान मनपर्छ । तर धेरै खान सक्दिन । थोरै थोरै मात्र ।

प्रेम ?
छैन, छैन । अफरत आइरहेको हुन्छ । प्रेमका लागि म अहिले रेडी  छैन । 

मनपर्ने केटा ?
केरिङ, इन्टेलिजेन्ट र गुडलुकिङ भएको केटा मनपर्छ ।

स्क्रिन सेयर गर्न मन लागेको कलाकार ?
– आकाश श्रेष्ठ र प्रदीप खड्का । यी दुवै हिरो निकै मनपर्छ ।
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप