शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शिवश्री हाइड्रोपावरको आइपिओ खुल्यो, क—कसले पाउँछ भर्न ?

शुक्रबार, २७ पुस २०७५, १२ : ०९
शुक्रबार, २७ पुस २०७५

काठमाडौँ । शिवश्री हाइड्रो पावरको आइपिओ बिक्री आजबाट (शुक्रबार) खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ७६ हजार ४०० कित्ता सेयर बिक्री खुला गरेको हो । 

यो आइपिओमा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँ पािलकाका आयोजना प्रभावितले मात्र आवेदन दिन पाउनेछन् ।

यसैगरी भोटेकोशी गाउँपालिकाको कार्यालयबाट पनि सेयर भर्न सकिनेछ । यसको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । यो आइपिओका लागि क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ ।  

आयोजना प्रभावितपछि सर्वसाधारण र कर्मचारीको लागि आइपिओ बिक्रि खुला गरिने कम्पनीले जनाएको छ । सर्वसाधारण र कर्मचारीका लागि कुल २२ लाख १४ हजार ६ सय कित्ता सेयर निष्काशन गरिने भनिएको छ ।  

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ७३ लाख रुपैयाँ छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप