जीप र मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
बुटवल । गत राती अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा जीप दु्र्घनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
जिल्लाको अर्घाखाँची र गुल्मीको सिमाना छत्रदेव गाउँपालिका वडा नम्बर ७ देउरालीमा लु १ ज १७६८ नम्बरको जीप दुर्घटनामा परेको हो ।
गम्भीर घाइते भएकी अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–५ की ६५ वर्षीाया फुर्सीदेवी वम्रेलको उपचारका लागि पाल्पा लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा अन्य चार जना घाइते भएको ग्ुल्मीका प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।
घाइतेहरु गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ बस्ने २० वर्षीय दिपा पन्थी, अर्घाखाँची जिल्ला सन्धीखर्क नगरपालिका १ निवासी ३९ वर्षीय खिमकला कुँवर, चालक गुल्मी दरवार गाउँपालिका वड नम्बर ३
निवासी २२ वर्षका कृष्ण थापा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका ४ निवासी २७ वर्षीय सरिता पाण्डेय रहेको प्रहरीले बताएको छ ।
त्यस्तै गुल्मी अर्घाखाँचीको सिमना पर्ने नेटामा लु १४ प ८२१० नम्वरको मोटर साईकल दुर्घटना हुँदा अर्घाखाँची मालारानी–२ का २३ वर्षीय भरत पौड्यालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी