शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोपा डेल रे : लिभान्तेसँग बार्सिलोना स्तब्ध

शुक्रबार, २७ पुस २०७५, ०९ : १७
शुक्रबार, २७ पुस २०७५

एजेन्सी । स्पेनिस पावर हाउस बार्सिलोना कोपा डेल रे फुटबलको पहिलो लेगमा लिभान्तेसँग पराजित भएको छ ।

लिभान्तेको घरेलु मदानमा बिहिबार भएको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोना लिभान्तेसँग २–१ गोलले पराजित भयो । 

लिभान्तेको जितमा इरिक कावाको र बोर्जा मायोरलले गोल गरे । बार्सिलोनाका लागि  फिलिपे कोउटिन्होले एक गोल फर्काए । 

घरेलु टोलीले खेलको चौँथो मिनेटमै कावाकोको गोलबाट खेलमा अग्रता बनाएको थियो । 

१८ औँ मिनेटमा मायोरलले गोल गर्दै घरेलु टोलीको दोब्बर बनाएका थिए । 

पहिलो हापमा २–० गोलले पछि परेको बार्सिलोनाले दोस्रो हाफको अन्तिममा पेनाल्टी मार्फत एक गोल फर्काएको थियो । 

८५औं मिनेटमा कोउटिन्होले पेनाल्टीमा गोल गरेपनि बार्सिलोना हारबाट जोगिएन । दोस्रो लेग जनवरी १८ मा बार्सिलोनाको मैदानमा हुनेछ । 

कोपा डेल रे अन्तर्गत बिहिबार रातीनै भएको अर्को खेलमा सेभिल्लाले एथ्लेटिक बिल्बाओलाई ३–१ गोलले हरायो । 

रियल सोसिएडाड र रियल बेटिसले १–१ गोलको बराबरी खेले । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप