शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिल्लीको पोस्टमा च्यासलको ६ गोल, अर्मान्ड मोएनले गरे ह्याट्रिक

बिहीबार, २६ पुस २०७५, २० : ३१
बिहीबार, २६ पुस २०७५

काठमाडौं । काठमाडौंको च्यासल युथ क्लबले धनगढीमा जारी तेस्रो नेपाल आइस सुदुरपश्चिम खप्तड गोल्डकपमा सनसनीपूर्ण प्रदर्शन गरेको छ । धनगढी रंगशालामा बिहिबार भएको खेलमा च्यासलले पाहुना टोली दिल्ली फुटबल क्लबलाई ६–० गोलले हरायो । च्यासलको जितमा विदेशी खेलाडी अर्मान्ड मोएनले ह्याट्रिक गरे ।

च्यासलले १४ औं मिनेटमा अग्रता लिएको थियो । एल्भीसको पासमा सन्जोग राईले सहजै गोल गर्दै च्यासललाई अगाडि बढाए । ३१ औं मिनेटमा हेमन्त थापामगरले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारको भित्री भागमा लाग्दै गोलमा परिणत भयो । 

४० औं मिनेटमा सन्जोग राईको लामो पासलाई नियन्त्रणमा लिँदै अर्मान्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक मन्दिपले बचाउन सकेनन् ।

दोस्रो हाफमा पनि च्यासलले सुरुवातदेखि दवाव कायम राख्यो । ६१ औं मिनेटमा अर्मान्ड मोएनले योगेश गुरुङको पासलाई सदुपयोग गर्दै च्यासललाई ४–० ले अगाडी बढाए । ७३ औं मिनेटमा अर्मान्डले प्रहार गरेको फितलो प्रहार गोलरक्षकले रोक्न नसक्दा च्यासल ५–० ले अगाडी बढ्यो ।

इन्ज्युरी समयको पहिलो मिनेटमा सन्त बहादुर गुरुङले गोल गर्दै च्यासललाई ६–० को जित दिलाए । खेलको म्यान अफ द म्याच बनेका अर्मान्डले १० हजार रुपैयाँ प्राप्त गरे । यस जितसँगै च्यासलले क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

च्यासलले अब थ्रीस्टारको सामना गर्नेछ । शुक्रबार रुपन्देहीको गोर्खा ब्वाइज र काठमाडौंको संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप