अमेरिकामा सबैभन्दा बढी पढ्ने धार्मिक समुदाय ‘हिन्दू’
बीबीसी– अमेरिकामा चार वर्षको कलेज शिक्षालाई आर्थिक सफलताको लागि महत्वपूर्ण मानिन्छ । यही तहको पढाई पुरा गर्ने कुरालाई एक जनसांख्यिकी आधारलाई लिएर प्रतिष्ठित ‘प्यु रिसर्च सेन्टर’ले एक अनुसन्धान गरेको छ । उसले त्यहाँ बसोबास गर्ने कुन धार्मिक समूदायका कति प्रतिशतले कलेज चार वर्षे पढाई पुरा गर्छन् भनेर एक सर्वेक्षण गरेको छ ।
यसमा केही धर्मावलम्बी अर्को धर्मको तुलनामा अघि देखिएका छन् । प्यु रिसर्चका अनुसार कलेज डिग्री हासिल गर्ने मामलामा हिन्दू(७७%) सबैभन्दा अगाडि छन् । त्यसपछि यूनिटरियन यूनिभर्सलिस्ट (६७%) छन् । यूनिटरियन यूनिभर्सलिस्ट लिबरल हुन् जो सत्य र अर्थको लागि स्वतन्त्र र जिम्मेदार खोजमा विश्वास गर्छन् ।
यी दुई समुदायपछि यहूदी (५९%), एन्जेलिकन चर्च(५९%) र एपिस्कोपल चर्च (५६%) विश्वास गर्ने समूदाय आउँछ । यो सन् २०१४ को धार्मिक परिदृश्यमा गरिएको सर्वेक्षण हो । यसमा शैक्षिक योग्यताको आधारमा अमेरिकाको ३० धार्मिक समुदायमा सर्वेक्षण गरिएको छ । यसका लागि कलेज पास गरेका अमेरिकाका नागरिकहरुलाई समावेश गरिएको थियो ।
शिक्षा र आर्थिक सफलताको हिसाबले अमेरिकामा हिन्दू र यहूदी अगाडि छन् । यही कारणले अमेरिकामा पारिवारिक कमाईको मामलामा पनि यी दुई समुदाय अघि देखिन्छन् । सन् २०१४ को अध्ययनअनुसार ४४% यहूदी र ३६% हिन्दू परिवार यस्ता छन्, जसको पारिवारिक कमाई कम्तिमा पनि १ लाख डलरभन्दा बढी छ ।
त्यस्तै बौद्ध, प्रेस्बाइटेरियन चर्च छन्, जसको ४७% जनसंख्याले कलेज पढाई पुरा गरेको छ । ती भन्दा पनि तल अर्थोडक्स इसाइ (४०%), मुसलान(३९%) र मोरमोन्स (३३ %) छन् । हरेक पाँचमध्ये एक वयस्क हुने भएकाले क्याथोलकहरुको कलेज डिग्री तिनको सदस्यहरुको मात्रा सामान्य मानिसहरुसँग मिल्दोजुल्दो छ, अर्थात २६ प्रतिशत ।
नेशनल बापटिस्ट कनवेन्सन मान्नेको १९%, अफ्रिकन मेथडिस्ट एपिस्कोपल चर्चका २१% र साउर्दन बापटिस्ट कनभेन्सनका १९% मानिसहरुसँग कलेज डिग्री रहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'