शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गाइगोठमा खेल्दा बेग्लै अनुभूति संगाले : अभिनेता विपिन

बिहीबार, २६ पुस २०७५, १७ : २६
बिहीबार, २६ पुस २०७५

काठमाडौं– अभिनेता विपिन कार्कीले फिल्म ‘गोपी’सँग आफु जोडिनुको मुख्य कारण यसको विषयवस्तु भएको बताएका छन् । ‘छायाँकनमा जाने केही दिन अगाडि मात्र अफर आएको थियो’ उनले भने ‘अफरको भोली पल्टनै म फिल्मसँग जोडिन पुगेँ ।’ एकै बसाईमा फिल्मको स्कृष्ट पढेर सकाएको बताएका उनले स्कृप्ट अध्ययन गर्दा नै मन परेर अभिनयका लागि राजी भएको सुनाए ।

पत्रकार दीपेन्द्र लामाले निर्देशक गरेको फिल्म ‘गोपी’ मा विपिनले गाइपाल्ने एक किसानको भूमिका निर्वाह गरेका छन् । बिहिबार फिल्म युनिटले आयोजना गरेको एक कार्यक्रममा विपिनले गाइगोठमा खेल्दा बेग्लै खालको अनुभूति भएको सुनाए । 

‘गाइगोठको अनुभव मेरो लागि यो पहिलो भने थिएन’ विपिनले  भन्दै थिए ‘सानोमा पनि गाइगोठमा खेल्दै हुर्किएको भएकोले अभिनयमा पनि कुनै कठिनाई परेन ।’ विपिनले फिल्ममा प्रेम रोमान्स, पारिवारिक द्धन्द्ध सबै रहेको खुलाए ।

विपिनले फिल्मको बारेमा आफ्नो धारणा राख्दै गर्दा छेवैमा रहेका निर्देशक दीपेन्द्र लामा सपिनको कुरामा सहि थाप्दै फिल्म पूर्ण रुपमा कर्मसियल भएको बताए । ‘गोपी सबै नेपालीको कथा हो जस्तो मलाई लाग्छ’ उनले भने ‘ यसबाट व्यवसायिक सन्देशका साथै पूर्ण मनोरञ्जन पनि लिन सकिन्छ ।’ उनले थपे ‘गाइपालन गर्नेका लागि फिल्मबाट केही हदसम्म शिक्षा पनि मिल्छ ।’

पत्रकारिताबाट निर्देशनमा होमिएका दीपेन्द्रले फिल्म निर्माणको विषय सजिलो नरहेको समेत बताए । ‘फिल्म बुझ्न सजिलो रहेछ । तर बनाउन गाहे रहेछ’ उनले अगाडि भने ‘समिक्षा गर्नु भन्दा फिल्म बनाउन गाहे रहेछ ।’ ‘फिल्म पत्रकारलाई फिल्मको सबै जानकार मान्ने गरिन्छ । तर मेरो विषयमा फिल्म पत्रकारिता र निर्माण भिन्दै बिषय हो ।’ उनले थपे ।

दीपेन्द्रले फिल्मको समीक्षकले फिल्मको बजार बिगारे भन्ने आरोपको समेत खन्डन गरे । ‘फिल्म क्षेत्रमा समिक्षकले फिल्म बजार बिगार्यो भन्ने गरिन्छ’ उनी भन्दै थिए ‘फिल्मको समीक्षा जति आयो । फिल्म क्षेत्र त्यति सुध्रिन्छ ।’ 

‘अरुको करोडांै रकमको खेलबाड गरेर फिल्म बनाउने समीक्षा आयो भने गाली गर्ने ? समीक्षा राम्रो आउन फिल्म पनि राम्रो बनाउनुपर्ने उनको भनाई थियो ।’ फिल्म लगानी बढाउने मात्र होइन । बिषय पनि नविनतम खोज्नुपर्ने बताएका लामाले ‘गोपी’ नविनतम कथामा बनेको फिल्म भएको दाबी गरे ।

कथाको रुपमा फिल्मले गाइपालनको बिषय उठाएपनि ‘गोपी’ सबै मसलाले भरिएको पूर्ण ब्यवसायिक फिल्म भएको लामाको भनाई रहेको छ ।  निर्देशक दीपेन्द्र र अभिनेता विपिनको भनाईप्रति अभिनेत्रीद्वय बर्षा राउत, सुरक्षा पन्त पनि समर्थन जनाए ।

‘मैले अहिलेसम्म कमेडी बिषयका मात्र फिल्म मात्र गरेकी छु’ उनले भनिन् ‘फरक कथाको ‘गोपी’ मेरो लागि अवसर र चुनौती दुबै हो ।’ बर्षाले ‘गोपी’को प्रदर्शनपछि आफु कथा र क्यारेक्टर अनुसार अभिनयमा भिज्न सक्ने कलाकारको रुपमा समेत चिनिने उनको भनाई थियो । 

अभिनेत्री सुरक्षाले पनि ‘गोपी’ले स्वदेशमै केही गर्न चाहनेका लागि प्रेरणा दिने सुनाइन् । गोपी जस्तो बिषयमा अझ धेरै फिल्म निर्माण हुनुपर्छ । तव मात्र नेपाली फिल्मको बजार उभो लाग्छ । फिल्ममा नबिनत बिषय भयो भने आफु पारिश्रमिकमा ध्यान नदिने उनले सुनाइन् । 

विपिन कार्की, बर्षा राउत, सुुरक्षा पन्त, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेको गोपी १८ माघबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मले कृषकको मर्का, उसको घरपरिवार भित्रको संघर्ष, व्यवसायिक क्षेत्रसँग जोडिएका अनेक पक्षमात्र होइन, प्रेम र जीवनको उतारचढावको पनि व्याख्या गर्ने लेखक सामिप्यराज तिमल्सिनाले सुनाए । 

फिल्मका कार्यकारी निर्माता पत्रकार श्रीधर पौडेल हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप