मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले भन्यो– न्यायिक समितिको छानबिन प्रतिवेदन नआएसम्म वाइडबडी प्रकरण टुंगोमा पुग्दैन

बिहीबार, २६ पुस २०७५, १६ : ३७
बिहीबार, २६ पुस २०७५

काठमाडौं– नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिद प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय न्यायिक समितिले प्रतिवेदन नबुझाएसम्म यस सम्बन्धमा थप कुनै निर्णय नहुने बताएको छ । 

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले आयोगले प्रतिवेदन तयार पारेपछि मात्रै वाइबढी प्रकरणमा किनारा लाग्ने बताए । 

सिंहदरबारमा बिहीबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले लेखा समितिभित्रै वाइबडी प्रकरणमा तयार पारिएको प्रतिवेदन विवादमा  तानिएको अवस्थामा सरकारले गठन गरेको समिति स्वाभाविक भएको बताए । 

छानबिन समितिले ४५ दिनभित्र प्रतिवेदन तयार गर्ने कार्यादेश बोकेको भन्दै मन्त्री बास्कोटाले भने, ‘उच्चस्तरीय न्यायिक समिति कुनै ढाकछोपका लागि होइन । विपक्षी दलका नेता (शेरबहादुर देउवा) समेतको सुझावको आधारमा सरकारले समिति बनाएको हो । समितिले प्रतिवेदन प्रतिवेदन तयार नपारेसम्म यो विषयले अन्तिम किनारा नपाउने जानकारी गराउँछु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप