शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ऋतिक रोशनको जन्मदिनमा पूर्वपत्नी सुजेनले लेखिन् भावुक मेसेज, शेयर गरिन् तस्बिर

बिहीबार, २६ पुस २०७५, ११ : ४४
बिहीबार, २६ पुस २०७५

बलिउड अभिनेता ऋतिक रोशनको ४५ औं जन्मदिनको मौकामा पूर्वपत्नी सुजेन खानले निकै भावुक मेसेज पोष्ट गरेकी छिन् । उनले ऋतिक र बच्चासँगका केही तस्बिर सेयर गर्दै उनलाई सोलमेटको संज्ञा दिएकी छिन् ।  

सुजेनले लेखिन्, ‘सबैभन्दा राम्रा साथी’

सुजेन खानले आफ्नो पोष्टमा ऋतिक रोशनलाई आफ्नो सधैंको राम्रो साथी र सबैभन्दा प्यारो बताएकी छिन् । उनले आफ्नो पोष्टमा लेखिन्, ‘संसारमा मेरा सबैभन्दा राम्रा साथीलाई जन्मदिनको अनगिन्ती शुभकामना । यो शक्ति सधैं तिमीसँग रहनेछ ।’ सुजेन खानको यो पोष्टलाई उनका र ऋतिकका प्रशंसकले निकै रुचाइरहेका छन् ।  तर कतिले भने नकारात्मक टिप्पणी पनि गरेका छन् ।

अर्चना नामकी एक इन्स्टाग्राम प्रयोगकर्ताले लेखेकी छिन्, ‘आफ्नो सोलमेटलाई किन डिभोर्स गर्यौ ? नक्कल पार्न छोड ।’

१४ वर्षको वैवाहिक सम्बन्ध तोडेः

ऋतिक र सुजेनले सन् २००० मा विवाह गरेका थिए । तर केही समयपछि दुईबीच दुरी बढ्न थाल्यो । अन्ततः सन् २०१४ मा उनीहरुले छुट्टिने निर्णय गर्दै सम्बन्धविच्छेद गरे ।

पुनः नजिक भए ऋतिक–सुजेनः

सम्बन्धविच्छेद भएको केही समयपछि ऋतिक रोशन र सुजेन खान पुनः नजिक हुनथाले । उनीहरुलाई धेरैजसो बच्चासँग छुट्टी मनाइरहेको देख्न सकिन्छ । केही समयअघि ऋतिक र सुजेनको पुनः विवाह हुने चर्चा चलेको थियो तर पछि दबैले यस्तो हुन नसक्ने बताए  ।

यस्तो छ ऋतिक रोशनको आलिशान बंगला

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप