शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कृषि पर्यटन चितवन समृद्धिका आधार– चन्द्र प्रसाद ढकाल

बुधबार, २५ पुस २०७५, १९ : २३
बुधबार, २५ पुस २०७५

चितवन – आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि पर्यटन चितवन समृद्धिको आधार भएको बताएका छन् ।

१२ औं चितवन महोत्सवलाई सम्बोधन गर्दै ढकालले यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई चिनाई स्थानीय नागरिकको आर्थिक उपार्जन बढाउन भूमिका खेल्ने उल्लेख गरे ।

प्राचीन ऋषिहरुको तपस्या स्थल देवघाटलाई केन्द्र बनाएर धार्मिक पर्यटनको प्रवद्घन गर्न सकिने सम्भावना औंल्याउदै जंगली जनावरको मुख्य वासस्थान सौराहामा आउने विदेशी पर्यटकहरुको बसाइँ लम्ब्याउन चितवन र चितवन आसपासका सम्भावित पर्यटकीय क्षेत्रहरु जस्तै– नगरबन, मौलाकाली, देवघाट जस्ता क्षेत्रहरुमा सुविधासम्पन्न पर्यटकीय पुर्वाधार विकास गर्नुवपर्ने बताए ।

जलमार्ग, स्थलमार्ग, केबलकार र होटलहरुको निर्माण गरि समग्र पर्यटन उद्योग र स्थानीय रोजगारीमा चितवनले महत्वपूर्ण योगदान दिन सक्ने बताए ।

चितवनमा उत्पादन हुने कृषि उपजको उचित भण्डारण, केरा, तरकारी, दूध, मह र कुखुराको उत्पादनलाई वितरण गर्ने बजारको खोजी गरि यहाँका स्थानीय कृषकहरुको आर्यआर्जनलाई बढाउन सकिने भन्दै चितवन शिक्षाको हबको रुपमा समेत विकसित हँुदै गएकोमा प्रशन्नता ब्यक्त गरे ।

पुस २५ गतेदेखि माघ ४ गतेसम्म १० दिन संचालन हुने १२ औं चितवन महोत्सवलाई आईएमई ग्रुप र ग्लोबल आईएमई बैंकले सह–प्रायोजन गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप