‘एउटी केटीले मेरो मुटु चोरी’: पुलिसलाई हराएको मुटु खोजिदिन आग्रह गर्दै युवक स्टेशनमा
भारतको नागपुरका पुलिस त्यतिबेला अलमल्लमा परे जब उनीहरुलाई एक युवकले आफ्नो ‘हराएको’ मुटु खोजिदिन आग्रह गरे ।
पुलिसका एक वरिष्ठ अधिकारीका अनुसार उक्त घटना नागपुरको एक पुलिस स्टेशनमा भएको हो ।
एक युवतीले ती युवकको मुटु चोरेको र पुलिसलाई त्यो खोजिदिनुपर्ने आग्रह गर्दै रिपोर्ट दर्ता गराउन उनी पुसिल स्टेशन पुगेका थिए ।
एक पुलिस अधिकारीले यो घटनालाई कसरी सल्टाउने भन्दै माथिल्लो तहको सल्लाह लिनुपरेको बताए । उनले भने, ‘पुलिस स्टेशनमा धेरैजसो मानिस आफ्नो हराएको सामान खोजिदिनुपर्ने भन्दै निवेदन दिन आउँछन् तर यसपटक अचम्म भयो । यो समस्या समाधानका लागि हामीले माथिल्लो तहको सल्लाह लियौं ।’
पुलिसका वरिष्ठ अधिकारीले यसबारे ती युवकसँग अनौपचारिक कुराकानी गरेको र उनलाई भारतीय कानूनमा यस्ता समस्यालाई सम्बोधन गर्न कुनै धारा नभएको भन्दै सम्झाए ।
अन्त्यमा, त्यहाँका पुलिस अधिकारीले ती युवकलाई आफूहरुले उनको समस्या समाधान गर्न नसक्ने बताउँदै फर्काए ।
यो अचम्मको घटना नागपुरका पुलिस कमिश्नर भुषण कुमार उपाध्यायले गत हप्ता एक कार्यक्रमका बेला साझा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण