शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पुरानो बुलेट’ को हङकङमा पहिलो प्रिमियर

बुधबार, २५ पुस २०७५, ११ : ००
बुधबार, २५ पुस २०७५

काठमाडौं – पछिल्लो समय केही फिल्मका प्रिमियर स्वदेश भन्दा पहिले विदेशमा हुने गरेका छन् । यही बाटोमा देखिएको छ अनुपविक्रम शाही अभिनित फिलम पनि ‘पुरानो बुलेट’ पनि ।

१ चैत्रबाट प्रदर्शनमा आउने यो फिल्म २३ फेब्रुअरीमा हङकङको याउमातेई स्थित कम्युनिटी हलमा प्रिमियर गरिनेछ । 

भीषण राईको निर्देशक रहेको फिल्म ’हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ प्रिमिएर गर्न लागेको हो । 

हङकङमा रहेर पत्रकारितासँगै समाजसेवामा क्रियासिल अनोज रोका, मज्जाको राई, विजय लिम्बु, सरु राई र सुनिता लिम्बुले ‘पुरानो बुलेट’को  प्रिमियर जिम्मा लिएका हुन् । 

फिल्ममा अनुपबिक्रमसँगै बर्षा शिवाकोटी र माला लिम्बु, कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतका कलाकारको अभिनय रहेको छ । 

सन्तोष राई कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा अशोककुमार राई, विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बु छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप