बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकको १५औँ राजश्व संकलन काउन्टर सञ्चालनमा

मङ्गलबार, २४ पुस २०७५, १९ : ३४
मङ्गलबार, २४ पुस २०७५

काठमाडौं–ग्लोबल आइएमई बैंकले नेपाल सरकार, आन्तरिक राजस्व विभाग, करदाता सेवा कार्यालय, कावासोती, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा राजस्व संकलन काउन्टर सुरु गरेको छ ।

सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै सेवाग्राहीहरुको सुबिधालाई ध्यानमा राखी छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले राजस्व संकलन काउन्टर संचालन गरेको हो । यस राजस्व संकलन काउन्टर बैंकको कावासोती शाखाको मातहतमा रहने छ ।

आन्तरिक राजस्व कार्यालय कावासोतीका प्रमुख श्री सुरज कुमार विश्वकर्माले उक्त राजस्व संकलन काउन्टरको एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

१६औं शाखारहित बैंकिङ्ग सेवा

बैंकले ११६औं शाखारहित बैंकिङ्ग सेवा पनि सञ्चालनमा ल्याएको छ ।

बैंकले यही पुस  २० गतेदेखि पाल्पा जिल्लाको तानसेन नगरपालिका १३ बौघा गुम्हामा ११६औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यस शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा भएको छ र यो शाखारहित बैंकिङ्ग सेवा बैंकको तानसेन शाखाको मातहतमा रहने छ ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप