केन्द्रीय संस्करण
शिक्षा

‘अहिलेको पाठ्यक्रमले बालबालिकाको सिर्जनशीलतालाई मारेको छ’

person explore access_timeपुस २४, २०७५ chat_bubble_outline0

विगत १२ वर्षदेखि अष्ट्रेलियाका बालबालिकाका लागि काम गर्दै आएका नारायण पन्थीको एकदिन दिमागमा आयो, ‘मैले परदेशमा यति काम गरिसकेको छु भने आफ्नो जन्मभूमिमा केही चिज किन नगर्ने ?’ 

यही विचारबाट निर्देशित भई उनी नेपालका पूर्वप्रथमिक तहको बालबालिकाको अवस्था अध्ययन गरिरहेका छन्् । अष्ट्रेलियाका बच्चाहरुलाई सिकाउने र बच्चाका साथसाथै शिक्षक र आमाबाबुलाई पनि तालिम दिन्छन् उनी । 

नेपालका ५६ बालबालिकाका अभिभावक र  १० वटा स्कुलमा अनुसन्धान गरेर उनले यो रिपोर्ट तयार पारेका हुन् । यस रिपोर्टले अन्तराष्ट्रिय स्तरमा पूर्वप्राथमिक तहको शिक्षामा हामी कुन स्थानमा छौँ ? भन्ने देखाएको छ । हामीले फरक काम नगरे कसरी हाम्रा बच्चाको आत्मविश्वास बढ्छ भन्ने विचार राखेर उनले उक्त अनुसन्धान सुरु गरेका हुन् । पन्थीसँग उनले गरेको अनुुसन्धानको बारेमा रातोपाटीका लागि सुनिता न्यौपानेले अन्तर्वार्ता तयार पारेकी छिन् ।

तपाई अष्ट्रेलियाबाट नेपाल के का लागि आउनुभयो ?

नेपालमा पूर्वप्राथमिक स्कुलको शिक्षा प्रणालीको अध्ययन गर्न भनेर आएको हुँ । ६ महिनादेखि ५ वर्षका बच्चाहरुको शिक्षाको अवस्थाको बारेमा अध्ययन गर्ने हुटहुटीले मलाई नेपाल ल्यायो ।

विदेशको बालबालिकाको  अध्ययन गर्दा गर्दै नेपालका बालबालिकाको पनि अध्ययन गर्छु भन्ने विचार कसरी आयो ? 

बालबालिकाको ९० प्रतिशत मस्तिष्कको विकास ५ वर्षभन्दा अगाडि हुन्छ । त्यतिबेलाको सिकाई उनीहरुको शिक्षाको जग हो । हामी उनीहरुलाई कस्तो ज्ञान दिन्छौँ ? उनीहरुले कस्तो अवसर पाउँछन् ? के बन्न सक्छन् ? भन्ने कुरामा भर पर्छ । त्यो नभएर इच्छा एकातिर छ र सिक्ने कुरा अर्काेतिर भयो भने मानिस सफल बन्न सक्दैन भनेर अन्तराष्ट्रिय स्तरमा भएको अनुसन्धानले देखाउँछ । यही अनुसन्धानको आधारमा मैले मेरो मातृभूमिमा पनि योगदान गर्न सक्छु भन्ने भावनाले प्रेरित गर्याे ।

पूर्वप्राथमिक स्कुलका बालबालिकामा आमाबाबु र विद्यालयको भूमिका कस्तो हुनुपर्छ ? 

सानो उमेरका केटाकेटीलाई एकदमै धेरै खेल्ने कुरा दिएर उनीहरुमाथि हामीले अवलोकन गर्नुपर्दछ । बालबालिकाले कुन क्षेत्रमा बढी रुची दिन्छन् त्यो क्षेत्रमा काम गर्न दिनुपर्छ । कक्षामा सिकाउने सिकाईलाई अर्थपूर्ण बनाउनको लागि  उसले आफ्नो बारेमा म को हुँ ? के हुँ ?मसँग के के कुरा राम्रा छन् ? मलाई के कुराले खुसी पार्छ भन्ने कुराहरुमा पूर्व प्राथमिक तहमा पत्ता लगाउनुपर्छ । यसको लागि विद्यालयको भूमिका महत्वपूर्ण हुन्छ । यसबाहेक मेरो समुदाय के हो र समुदायको भूमिका के रहन्छ ? वातावरण प्रदुषण,  शारीरिक र मानसिक स्वास्थ्य, पढाईप्रति उत्सुकता जगाउने, विज्ञान र प्रविधिका कुराहरुमा पूर्वप्राथमिक स्कुलले बाटो देखाउनुपर्छ ।

तपाईको अध्ययनमा बालबालिकाको शिक्षण सिकाई प्रक्रिया कस्तो रहेको पाउनु भएको छ ?

कक्षाकोठामा सिकेका कुरा बालबालिकालाई किन सिकेको र शिक्षकलाई किन सिकाएको हो भन्ने कुरा नै थाहा छैन । यसकारण बच्चाहरु कल्पनाशील र सिर्जनशील हुन सकेका छैनन् । हामी यहाँ एउटा स्कुलमा अवलोकन गरेका थियौँ । त्यहाँ मिसले के भन्नु भयो भने, हाम्रो विद्यालयमा बजारबाट किनेका शैक्षिक सामग्री भयो भने शिक्षकहरु खुसी मान्नुहुन्छ । हामीले स्थानीय स्तरमै बनाउने सामग्रीमा खुसी नै मान्नुहुन्न । बच्चालाई यो सामानलाई पैसा परेको छ भन्ने आधारले प्रयोग गर्न दिनु हँुदैन । सकेसम्म स्थानीय स्तरमा उपलब्ध शैक्षिक सामग्रीलाई हामीले प्रयोग गर्नुपर्छ । त्यसलाई प्रयोग गरेर बच्चा सिर्जनशील भयो भने अति उत्तम हुन्छ ।

बालबालिकाले के गर्न सक्छ र के सक्दैन भनेर अवलोकन गर्न आवश्यक छ । उसले गर्न सकेन भने त्यसलाई फेरी पृष्ठपोषण दिनुपर्छ र पुर्नयोजना गर्नुपर्छ । त्यो चक्र नै नेपालमा पुरा छैन ।

 बालबालिकारुमा कस्तो सिकाई प्रभावकारी हुन्छ ?

बच्चाले हामीले भनेर सिक्नेवाला छैनन् । उनीहरुले सिक्ने भनेको हामीले, साथीभाईले गरेको देखेर, न्युज पेपर पढेर आदिबाट हो । त्यसकारण तिमी विस्तारै बोल भन्ने शिक्षकले कक्षामा सबैभन्दा ठूलो स्वरले भन्यो भने त्यो अर्थहनी हुन्छ । शिक्षकले म तिमीसँग सम्मानपूर्वक र बिस्तारै बोल्दैछु, तिमी मसँग सम्मानपूर्वक र विस्तारै बोल भन्ने कुरा व्यवहारबाटै देखाउनु पर्दछ । शिक्षक सबैभन्दा चर्काे स्वरले बोल्छ र त्यही शिक्षकले विस्तारै बोल भन्यो भने बालबालिकाले के बुझ्छ भने आफू त त्यति चर्काे स्वरले बोलिरहेको छ म कसरी विस्तारै बोल्ने ? देखेर सिक्ने कुराले पनि प्रभाव पार्छ ।

घरमा बालबालिकाको अगाडि के के कुरा गर्नुपर्छ ?

घरमा कस्तो वातावरण छ भन्ने कुराले बालबालिकाको सिकाईमा प्रभाव पार्छ । बालबालिकाको अगाडि आमाबाबुले कुनै विवाद गरेको हुन सक्छन् । हामीले गरेका अनुसन्धानमा बालबालिकाको अगाडि विवाद गर्याे भने उनीहरु पछि गएर रिसाहा हुन्छन् । साथीभाईसँग झगडा गर्ने, सामाजिक विकास नहुने, पछि गएपछि आफ्नो पार्टनरसँग राम्रो सम्वन्ध बनाउन नसक्ने  हुन सक्छन् । के कुरा बालबालिकाको लागि आवश्यक छ, त्यो कुरा मात्र प्रस्तुत गर्नुपर्छ अरु कुरा बालबालिकाको अगाडि गर्नु हुदैन् ।

नेपालको सन्दर्भमा बालबालिकालाई पढाउने स्कुलहरुको अवस्था कस्तो छ ?

 साना बालबालिकालाई पढाउन चाहिने भवन र प्लेग्राउण्ड पढाउने उद्देश्यले नै बनाइएको हुनुपर्छ । नेपालको सन्दर्भका हेर्दा हामीले अवलोकन गरेको स्कुलमा झण्डै ९० प्रतिशत बालबालिकालाई पढाउन भनेर भवन नै बनाइएको छैन । फलानोको घर खाली छ चाइल्डकेयर सेन्टर खोल्दिम् भनेर सुरु गरेको छ । खेल्नको लागि ठाउँ नै छैन । २० जना बच्चा राख्यो, फर्निचर राख्यो फि आयो ! बच्चामैत्री बातावरण नै छैन । व्यापार केन्द्रित छ । भौतिक भवन र प्लेग्राउण्डको अवस्था एकदमै नाजुक छ ।

बालबालिकाको आन्तरिक क्षमता अभिवृद्धि, सामाजिक विकास, भावनात्मक क्षमताको विकासका लागि खेलकुद एकदमै महत्वपूर्ण हुन्छ । नेपालको धेरै स्कुलमा बाहिर खेल्ने वातावरण नै छैन । खेल्ने भनेको जाऊ उफ्र भन्ने मात्र छ । 
 

शिक्षक तालिमको अवस्था कस्तो छ ?   
बालबालिकाले देखेर सिक्ने हो । जब तालिम लिएको र शिक्षा पृष्ठभूमिको  शिक्षक हँुदैनन् त्यो शिक्षकलाई बालबालिकाको मनोविज्ञानको बारेमा थाहा हँुदैन । बच्चाले हल्ला गर्याे भने जोडले बोल्ने गर्छन् । उनीहरुले के सिकेका छन् भने अरुलाई केही कुरा सुनाउन परेमा चिच्याएर बोल्नुपर्छ । विस्तारै बोलेर पनि सुनिन्छ भन्न्ो कुरा उनीहरुले थाहा नै छैन । त्यो कुरा हाम्रा विद्यालयमा कम प्रयास भएको छ । शिक्षकको तालिममा पनि पुनर्ताजगी छैन । तालिम भए पनि त्यसलाई व्यवहारमा उतारेका छैनन् ।

 अहिलेको पाठ्यक्रम बच्चाको सिर्जनशिलता विकासमा कत्तिको सहयोगी बनेको छ ?
कक्षामा रहेका विद्यार्थीलाई शिक्षक, आमाबाबुले पढाउन लेखाउन र पास गर्न मात्र जोड दिएका छन् । कक्षामा भएका १०० जना विद्यार्थीहरुमध्ये २०  जना विद्यार्थीलाई धेरै पढेर आफ्नो जिन्दगी चल्छ भन्ने लाग्दैन । यदी उसलाई आप्mनो रुची अनुसार गर्न दियो भने कोही गीतकार, डान्सर, व्यापारी, साहित्यकार बन्लान् । तर हामी एउटै क्षेत्रमा घोकाउने र पढाउने मात्र भनिरहेका छौँ । यसले बालबालिकाको सिर्जनशीलतालाई मारेको छ । दुख लाग्दो अवस्था त्यहाँ छ । 

कसरी बालबालिकाई उपयुक्त शिक्षा दिन सकिन्छ ?

बालबालिकाले के गर्न सक्छ र के सक्दैन भनेर अवलोकन गर्न आवश्यक छ । उसले गर्न सकेन भने त्यसलाई फेरी पृष्ठपोषण दिनुपर्छ र पुर्नयोजना गर्नुपर्छ । त्यो चक्र नै नेपालमा पुरा छैन । यो अनुसन्धानले के देखाउँछ भने पुर्वप्राथमिक स्कुलमा एकदमै ठूलो परिवर्तन गर्नु जरुरी छ । किनकी हामीले देखेजस्तो, संसारले आश गरेजस्तो वच्चा उत्पादन हुने सम्भावना नेपालमा एकदमै कम छ । 

हामीले प्राथमिकता दिने ठाउँ भनेको प्रर्वप्राथमिक स्कुल हो । बालबालिकालाई यस्तो शिक्षा दिनुपर्छ की उसले आफैले भन्न सक्नुपर्याे बाबा तपाईले गरेको यो काम गलत हो । तपाइले गरेका कामले नराम्रो  प्रभाव परिरहेको छ । उदाहरणको लागि बाबाले बाटोमा फोहर फालेको छ वा बीचबाट बाटो काटेको छ भने उसले भन्न सक्नुपर्याे बाबा तपाईले नराम्रो गर्दै हुनुहुन्छ । हाम्रो शिक्षा प्रणालीले यस्तो ज्ञान दिएको छैन् । हाम्रो शिक्षा प्रणालीले ए फर एप्पल मात्र सिकाइरहेको छ । एकाडेमीक ज्ञानले वलियो भएर मात्र वच्चा खुसी हुन्छ भन्ने छैन् । खुसी र आत्मविश्वास वढाउन पुर्वप्राथमिक स्कुलमा आवश्यक कार्यक्रम र योजना बनाउनुपर्छ । नेपालमा त्यसको खाँचो देखिन्छ ।

नेपालमा पुर्वप्राथमिक स्कुलको गुणस्तर कस्तो छ ? 

हामीले थोरै पैसा तिर्नेदेखि लिएर धेरै पैसा तिर्ने स्कुलमा अवलोकन गर्याे । थोरै पैसा तिर्ने र धेरै पैसा तिर्ने स्कुलमा खोजे जस्तो गुणस्तर छैन ।  

पूर्वप्राथमिक तहको शिक्षाको सुधारान सरकारको भूमिका के रहन्छ ? 

मलाई सरकारको जिम्मेवारी हो जस्तो लाग्दैन् । किनकी हामी मेरो घर अगाडिको फोहर सरकारले उठाइदिएन भन्न त जहिले नि सक्छौँ तर फोहरलाई म आफै व्यवस्थापन गर्न सक्छु भनेर भन्न सक्दैनौँ । हामी आफँैले भूमिका ननिभाई सरकारले गरेन भनेर मात्र हुँदैन ।
 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...