‘चौका दाउ’ हेर्न बालबालिकालाई अभिभावक चाहिने
काठमाडौं – लिजेन्ड्री संगीतकार शम्भुजित बास्कोटाको निर्माण रहेको फिल्म ‘चौका दाउ’ सेन्सर पास भएको छ ।
केन्द्रिय चलचित्र जाँच समितिले १६ वर्ष मुनीका बालबालिकाले अभिभावकको सहयोगमा हेर्न मिल्ने गरि पिजी (प्यारेन्स गाईडेड) सर्टिफिकेट दिएको छ ।
सौर्य प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्म २७ पुषबाट देशव्यापी रिलिज हुँदैछ । फिल्म पूणेन्दू झाको निर्देशनमा तयार भएको हो ।
फिल्मका निर्माता सौर्यजित बासकोटा र मनोज राजभण्डारी हुन् । सन्तोष पन्त, तैयव शाह वर्षा राउत, अजश्र ढुंगाना, विल्सिन विक्रम राई, रविन्द्र झा, निर्मल शर्मा, सोनिका केसी, श्याम राई, शिवशंकर रिजाल (जोगिन्दर) लगायतको अभिनय फिल्ममा छ ।
दीर्घ गुरुङको छायाँकन, मित्रदेब गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको नृत्य निर्देशन रहेको फिल्ममा वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाको संगीत छ ।
अभिमन्यू निरवीको लेखेका रहेको फिल्मलाई विके फिल्म्स्ले काठमाडौं र एफडीले मोफसलमा बितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार