शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज तपाईको भाग्य कस्तो छ ? हेर्नुस् राशिफल

मङ्गलबार, २४ पुस २०७५, ०६ : ३०
मङ्गलबार, २४ पुस २०७५

वि.सं.२०७५ साल पौष २४ गते । मंगलबार । ईश्वी सन् २०१९ जनवरी ०८ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष शुक्ल पक्ष । तिथि द्वितिया,०७ घडी ३९ पला,बिहान १० बजेर ०१ मिनेट उप्रान्त तृतिया । नक्षत्र श्रवण,३८ घडी १७ पला,बेलुकी १० बजेर १६ मिनेट उप्रान्त धनिष्ठा । योग बज्र,५१ घडि ५१ पला,रातको ०३ बजेर ४२ मिनेट उप्रान्त सिद्धि । करण कौलव,बिहान १० बजेर ०१ मिनेट उप्रान्त तैतिल,बेलुकी ११ बजेर ०६ मिनेट उप्रान्त गर । आनन्दादिमा लुम्ब योग । चन्द्रराशि मकर । नेपाल ज्योतिष परिषद् स्थापना दिवस।

काठमाडौंमा सूर्योदय ०६ बजेर ५८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २३ मिनेट । दिनमान २६ घडी ०४ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुने योग रहेकोछ । बुवा तथा आफन्तबाट सहयोग पाईने हुनाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानि नगर्नुहोला आज गरिने व्यावसायमाबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा हुँने अधिक सम्भावना रहेको छ । धर्म कर्ममा मन जाने तथा धार्मिक काममा समय खर्चिनु पर्नेछ  ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सानातिना घरेलु समस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । व्यापारमा तत्काल लगानि गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरिको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईनेछ । अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आथित्यपुर्ण सम्मान पाईने योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खानपानमा बिशेष ध्यान दिनुहोला, पेट सम्बन्धि समस्या आउन सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायमा मन्दि आउनेछ । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा नचाहादा नचाहादै एक अर्काबिच छुट्टिनु पर्दा मनमा खल्लोपन महशुष हुनेछ । सन्तान तथा छोराछोरिसँग पनि मनमुटाव सिर्जन हुने योग रहेकोछ ।
    
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा बिवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिएपनि खासै उपलब्धि हासिल हुने छैन भने घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) न्यायिक निर्णय तथा कानुनि फैसलाहरु तपाईकै पक्षमा आउनेछन् । पढाई लेखाईमा मन जाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले थोरै लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा आफन्त सँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिभिन्न सभा समारोहमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर आयपनि खानपिनको तालमेल नमिल्दा सामान्य स्वास्य सम्बन्धि समस्या आउन सक्छ । माया प्रेमका कोपिलाहरु फक्रन पाउने छैनन् ध्यान दिनुहोला । व्यापारमा उधारो लाने तथा रुपैया पैसा नदिनेहरुले दिक्क लाउनेछन् । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा ध्यान दिनुहोला मनमुटाव हुने अधिक सम्भावना रहेकोछ । तापनि होटल तथा रेष्टुरेन्टको व्यावसाय भने फस्टाएर जानेछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक कामहरु समयमानै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुनेछ । राजनीति कर्मिले सर्बसाधारणको काम गरि पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाई लेखाईमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा विलाशि वस्तुको प्रयोग गर्न पाईने समय रहेकोले मन प्रशन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।
    
कुम्भ (गू ,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावस्यक खर्च बढ्ने हुदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छि गर्ने बानिले कामहरु बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तरल पदार्थ तथा पानि सँग सम्बन्धित व्यापारमा लगानि गरि आम्दानि बढाउँन सकिनेछ । घर परिवारबाट प्रसस्त सहयोग हुँने तथा बुवाको सल्लाह मान्दै अगाढि बढ्दा मनग्ने फाईदा हुनेछ । पढाई लेखाईमा सुधार गर्दै लान सकिनेछ तथा शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट रुपैया पैसा कमाउँन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुँदा मन प्रशन्न हुनेछ । भाग्यले प्रेम पात्र जुराउँने ग्रहयोग रहेकोछ । 

तपाईको दिन शुभ रहोस् ।     

यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न।९८०८३०७२७५
नोटः चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप