शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी बर्खास्त, नयाँ प्रमुखमा अधिकारी

सोमबार, २३ पुस २०७५, २१ : ३२
सोमबार, २३ पुस २०७५

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रेग्मीलाई बर्खास्त गर्दै विभागको नयाँ प्रमुखमा एआईजी गणेश अधिकारीलाई नियुक्त गरेको छ । 

विभागका नवनियुक्त प्रमुख अधिकारीले रातोपाटीसँग कुरा गर्दै आफूले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखको रुपमा पत्र प्राप्त गरेको पुष्टि गर्दै भने, ‘मैले आजै पदवहाली गरिसकेको छु ।’ 

३० बर्षे सेवा अवधिका कारण आगामी जेठ १५ गते अनिवार्य अवकाश पाउने भएपनि सरकारले दिलिप रेग्मीलाई पदावधी नपुग्दै बर्खास्त गरेको छ । नवनियुक्त प्रमुख रेग्मीको पनि पदावधी आगामी जेठ १३ गते सकिन्छ । 

राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले कानुन पनि संसदबाट पास नभएको अवस्थामा सरकारले नियमवली संशोधन गरेर अधिकारीलाई राअवीको प्रमुखमा नियुक्त गरेको हुनसक्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप