शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पैसा र सिक्री ठग्न ‘प्रेम’ को नाटक

सोमबार, २३ पुस २०७५, १६ : २९
सोमबार, २३ पुस २०७५

काठमाडौं– देश–विदेशमा कमाई गरेको रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेको र उक्त रकम निकाल्न पैसाको आवश्यकता परेको भन्दै सोझा–सिधा महिलालाई फकाएर नगद तथा सिक्री ठगी गर्ने रोशन बजगाईं पक्राउ गरेका छन् ।

मकवानपुरको बासामाडी–९ स्थायी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ बस्दै आएका बजगाईंलाई शुक्रवार नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय वुटवलले जनाएको छ ।

लामो समय प्रेमको नाटक गरेर सुनको सिक्री तथा नगद ठगेपछी सम्पर्क विहिन हुने बजगाईंलाई ठगी मुद्धामा म्याद लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, आफ्नै छोरीलाई जबर्जस्ती करणी गर्ने कार्यमा संलग्न बावु पक्राउ परेका छन् । ३२ बर्षिय बावुले आफ्नी १० बर्षिय छोरीलाई बलात्कार गरेको ईलाका प्रहरी कार्यालय वुटवलले जनाएको छ । आईतबार नवलपरासी स्थित सुनवल नगरपालिका–३ बाट पक्राउ परेका बावु बारे थप अनुसन्धान भईरहेको बताईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप