बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सामान्य विवादमा धारिलो हतियार प्रहार गरेर हत्या

सोमबार, २३ पुस २०७५, १६ : २१
सोमबार, २३ पुस २०७५

काठमाडौं– पाल्पाको रामपुर नगरपालिकामा स्थानिय मनोज थापाले सामान्य विवाद हुँदा धारिलो हतियार प्रहार गरेर सोही नगरपालिका–६ बस्ने भलबहादुर कुमालाको हत्या गरेका छन् ।

आइतबार राती सामान्य विवादमा धारिलो हतियार प्रहार गरेर कुमालको हत्यामा संलग्न ३६ बर्षिय थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख (एसपी) विश्वमणी पोखरेलले जानकारी दिएका छन् ।

रामपुर नगरपालिका–६ बस्दै आएका ४५ बर्षिय भलबहादुर कुमालको हत्या सम्बन्धमा थप अनुसन्धान भइरहेको बताईएको छ ।

हत्यामा संलग्न अभियुक्त मनोज थापा सोही नगरपालिका–४ का स्थायी बासिन्दा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप